कालीकोट । जिल्लामा रैथाने वालिमा पोषक तत्व सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्ला स्थित सरोकारवालाहरुको उपस्थितिमा सदरमुकाम मान्ममा उक्त कार्यक्रम गरिएको हो । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नविर सुनारको अध्यक्षता तथा जिल्ला समन्व्य उपप्रमुख मिना रावत(विक)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बहुक्षेत्रिय पोषण आयोजनाका सिताराम रिमालले सहजिकरण गरेको बताइएको छ ।
जिल्लामा रैथाने वालिको संरक्षण तथा प्रवद्धनमा जिल्ला बासि लागि पर्नु पर्नेमा स्थानियले जोड दिएका छन ।
उत्पादित वस्तुको बजारीकरण र व्यवस्थापनमा चुनौति रहेको सरोकारवालाको भनाई रहेको छ । उक्त कार्यक्रममा रैथाने वालिको प्रदर्शनि समेत गरिएको थियो ।
Discussion about this post