कालीकोटमा एक जना थप, कोरोना संक्रमितको संख्या १७

7
SHARES
15
VIEWS

कालीकोट,असार ।जिल्लामा एक जना कोरोना संक्रमित थप भएका छन । रास्कोट नगरपालिकाको वडा न. ५ निवासि २४ वर्षिया १ पुरुषमा संक्रमित देखिएको हो ।

कर्नालि स्वस्थ्य विज्ञान प्रतिस्ठान जुम्लाका अनुसार कालीकोटमा एक जनामा कोरोना पुष्टि गरेको हो । थप एक जना गरी कालीकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । यस अघि २६ जनाले कोरोना जितेर घर गइसकेका जिल्ला स्वस्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

पछिल्लो पटक जिल्लाको सान्नित्रिवेणि गाउँ पालिकामा १४ जनामा कोरोना देखिएको थियो । कर्नालि प्रदेश समाजिक विकास मन्त्रालय स्वस्थ्य सेवा महाशासाले आज निकालेको विज्ञप्तिमा दैलेखमा १९ जना,सुर्खेतमा ५ जना र कालीकोटमा १ जना गरी २५ जना आज मात्र थप भएको उल्लेख गरिएको छ ।

कर्नालि प्रदेशमा जम्मा संक्रमितको संख्या १ हजार ३ सय ७ पुगेको छ भने निको हुनेको संख्या ५ सय ६० पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित