सबै भन्दा बढि मोटरसाइकल खरिद गर्नेमा पलांता,पूर्व जनप्रतिनिधि द्धारा सामान बुझाउन आनाकानि

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाका पूर्व जनप्रतिनिधिले यातायातका साधन तथा अन्य सामानको बझबुझारत नगरेको रहस्य खुलेको छ ।

आफुले कार्यकालमा प्रयोग गरेका उपकरण तथा मोटरसाइकलहरु कसैले गाउँ पालिकामा नबुझाएको बताइएको छ ।पलांता गाउँ पालिकाको स्टोरमा दाखिला भएका २५ वटा मोटरसाइकल मध्ये कुनै पनि वडाका जनप्रतिनिधिले बुझाएका छैनन ।

गाउँ पालिकाको स्टोरमा दाखिला भएका २५ वटा बाइकहरु मध्ये कुन बाइक कहाँ छ भन्ने कुरा कुनै उल्लेख नभएको बताइएको छ । विभिन्न शाखाहरुमा केही बाइक रहेको तर जनप्रतिनिधिले भने नबुझाएको कर्मचारीको भनाई रहेको छ ।ति कर्मचारीका अनुसार तत्कालिन जनप्रतिनिधिले समेत कुनै पनि सामान बझबुझारत समेत नगरेको र लिने बेलामा लिएका हुन पटक पटक मर्मत सम्भारका लागि विलहरु आउने गरेको तर कार्यकाल सकिने समयमा नबुझाएको उनको भनाई छ ।

पूर्व उपाध्यक्ष दाना न्यौपानेले प्रयोग गर्ने गरेको मोटर साइकल भने कबाडमा राख्न लाएक रहेको स्थानियले बताए । उनले प्रयोग गर्ने गरेको सु प.प्र.०१ १३७३को मोटरसाइकल कर्नालि नदि किनारमा भेटिएको छ । वालबच्चाहरुले उपाध्यक्ष दानाको बाइक भन्दै खेलाउने गरेको स्थानियको भनाई रहेको छ ।यातायात संचालनमा नआएको पालिकामा २५ वटा मोटरसाइकल खरिद गरेका लक्ष्मण बमले आफुले प्रयोग गर्ने मोटरसाइकल कमिसन बाट आएको समेत चर्चा नभएको होइन ।

पलांता गाउँ पालिकाले यतिका मोटरसाइकलहरु खरिद गर्दा विधि प्रक्रिया नभएको समेत आलोचकहरुको भनाई रहेको छ । पलांता गाउँ पालिकामा संचालनमा आएका जिपहरुको समेत राजश्व उल्लेख नभएको बताइएको छ ।

पलांता गाउँ पालिका अध्यक्ष विष्ण बहादुर रोकायाका अनुसार राजश्व सुन्य रहेको तर मर्मत सम्भार भएको देखिन आएकाले विधि र पद्धतिको अभाव रहेको बताएका छन । अहिले ति जिपहरु मर्मत सम्भार गरेर प्रयोगमा ल्याउन शुरु भएको अध्यक्ष रोकायाले बताए । सामानको बारेमा बुझाउन पत्राचार गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित