मेयर हेल्थ कार्यक्रम लागु गर्दै,रास्कोटका घरदैलोमा स्वस्थ्य शिविर

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाले घरदैलोमा स्वस्थ्य परिक्षण शुरु गरिएको छ । नगरपालिकाले १० औं गाउँ सभा मार्फत पारित निति तथा कार्यक्रम अन्तरगत आज रास्कोट नगरपालिकाको वडा न. ९मा थोल्ममा घरदैलो स्वस्थ्य शिविर शुरु गरिएको छ ।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)को उपस्थितिमा दम,सुगर तथा अन्य रोगको परिक्षण शुरु गरिएको बताइएको छ ।

वडा न.९का अध्यक्ष तथा नगर प्रवक्ता धन बहादुर धामिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य सुर्जा फडेराको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही(पोषण)को विशेष आतिथ्यता रहेको थियो भने सोही कार्यक्रममा नगर उपप्रमुख मनिराज बराल लगाएतको सहभागिता रहेको नगर प्रवक्ता धामिले बताए । उनका अनुसार उक्त शिविरमा रास्कोट नगरपालिका ९का स्थानिय बासि र पचालझरना ९ तिखात्तिका स्थानियहरु गरेर १५६ जना स्वस्थ्य परिक्षण गरिएको बताए । रास्कोट अस्पतालको सहजिकरणमा भएको शिविरमा १४ जना महिलाहरुको गर्व जांच तथा भिडियो एक्सरे गरिएको र समुदायको अत्याधिक उपस्थिति रहेकाले अबेर सम्म स्वस्थ्य परिक्षण तथा औषधि वितरण गरिएको बताए ।

रास्कोट नगरपालिकाले गरेको घरदैलो स्वस्थ्य शिविरमा सुगर,प्रेसर,दम तथा महिलाहरुको भियिो एक्सेरे समेत गरिएको बताइएको छ ।उक्त शिविर उद्घाटनमा जनतालाई सेवा दिन आफु लागि परेको नगर प्रमुख धर्मराज शाहीले बताएका छन । त्यसै गरी वडा न.९मा व्यक्तिगत घटना दर्ता शिविर समेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित