वालवालिकाका क्षेत्रमा कुनै पनि कमि हुन दिन्नौ-पलांता गाउँ पालिका अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउपालिका अध्यक्ष बिष्णुबहादुर रोकायाले वालवालिकाका क्षेत्रमा कुनै पनि कमि हुन नदिने बताएका छन ।युनिसेफ नेपालको सहयोग तथा पलाता गाउँ पालिकाको समन्वयमा आयोजित स्थानिय तहमा एकीकृत प्रारम्भिक बालबिकासका लागि योजना तर्जुमा कार्यशाला गोष्ठिमा अध्यक्ष रोकायाले सो कुरा बताएका हुन ।

अध्यक्ष रोकायाले शैक्षिक क्षेत्र त्यस भित्रको वालवालिकाका क्षेत्रमा स्थानिय सरकारले लगानि गर्ने र दक्ष जनशक्ति उत्पादनमा बलियो आधिार खडा गर्ने बताएका छन । सो कार्यक्रममा वालविकास क्षेत्रमा काम गर्दै आएका हुकुम बहादुर शाही सहित पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा जैसि, शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारी सहित वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले वालवालिकाहरु काचो माटो भएकाले उक्त माटोलाई सहि ठाउँमा लगाउनका लागि पहिलो अभिभारा घरपरिवारले पुरा गर्ने र त्यसपछि विद्यालयबाट महत्वपूर्ण भुमिका निर्वाह गर्नु पर्ने भएकाले शैक्षिक क्षेत्रमा विशेष जोड दिन आग्रह गरेका छन ।

पलांता गाउँ पालिकाका प्रबक्ता तथा वडा न ४ का वडा अध्यक्ष तिलक बुढा,वडा न. ९ का वडा अध्यक्ष मानसिह बम,वडा न २ का वडा अध्यक्ष भिम प्रसाद न्यौपाने, वडा न ८ का वडा अध्यक्ष गगन बम, वडा न ५ का वडा अध्यक्ष ज्ञान ऐडी, वडा न १ का वडा अध्यक्ष मनप्रसाद न्यौपाने, अखिल क्रान्तिकारीका कर्नाली प्रदेश सदस्य महेन्द्र बमको समेत उपस्थिति रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित