कालीकोट पुर्ण खोप सुनिश्चित घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । देशको ६५ औ स्थानमा कालीकोट पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । आज जिल्लामा एक कार्यक्रममा कर्नाली प्रदेश खोप समन्वय समितीले प्रमाणपत्र जिल्ला खोप समन्वय समितीलाई हस्तान्तरण गर्दै पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । कर्नाली प्रदेश खोप समन्वय समितिका सदस्य टिकाराम जैशि द्वारा जिल्ला खोप समन्वय समिती कालीकोटका संयोजक धनजित शाहीलाई प्रमाणपत्र हस्तान्तरण गरिए संगै पुर्ण खोप सुनिश्चितता घोषणा भएको हो। जिल्ला समन्वय समिती प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक धनजित शाहीको अध्यक्षता तथा पुर्ब सांसद तुलराज बिस्टको प्रमुख आतिथ्यतामा भर्कोअ कार्यक्रममा अब कालीकोटका कुनै पनि बालबालिकाहरु खोप बाहिर नरहने प्रतिबद्धता सहितको हस्ताक्षर समेत गरिएको छ । प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी लगाएत सरोकारवालाहरुले जिल्लामा पुर्ण खोप सुनिश्चितता जिल्ला हुनु राम्रो भएको बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित