१५ वर्ष खोप लगाउदै हिंडेका पचालझरनाका “ग्रास्वाका” देविशंकर सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा कार्यरत खोप कार्यक्रताका रुपमा काम गर्दै आएका देविशंकर न्यौपाने उत्कृष्ट खोप कार्यक्रता द्धारा सम्मानित भएका छन । विगत २०६४ साल साउन देखि ग्रामिण खोप कार्यक्रताका रुपमा काम गर्दै आएका न्यौपाने जिल्ला स्तरको पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा कार्यक्रममा सम्मानित भएका हुन । तत्कालिन समयमा १२ हजार महिनाको सेवा सुविधामा काम गर्दै साविकको बदालकोट गाविसमा कार्यरत देविशंकर न्यौपानेलाई साविकको गाविसबाट करारमा काम गर्दै आएको र न्यौपानेको भनाई छ ।

उनले भने आफुले काम गर्दै जाने क्रममा पालिका स्तरमा उत्कृष्ट काम गरेको भन्दै २०७६ सालमा सम्मानित भएको र जिल्ला स्तरमा आज सम्मानित हुंदा गर्वको महसुस भएको बताए । आफुले जिन्दगिमा यसरी सम्मानित हुने सोच नभएको तर आफु सम्मानित हुने अवसर पाएकोमा खुशि हुंदै सेवा गर्दै जांदा सम्मान पाइने रहेछ । उनि अहिले पचालझरना गाउँ पालिकाको वडा न. १ देखि ३ सम्म खोप कार्यक्रताका रुपमा काम गर्दै आएका छन ।

डिप नेपालको सहयोगमा अहेव अध्ययन गरेपछि गाउँ फर्किदा १ वर्ष स्वयंम सेवक भएर साविकको राम्नाकोटमा काम गरेको स्मरण गर्दै स्थानिय स्तरमा आफुलाई विभिन्न समयमा हरेक बहानामा आक्रमण गर्न देखि हटाउन समेत प्रयास भएको स्मरण गर्दै न्यौपानेले आफुलाई साविकको बदालकोटका समुदायले साथ दिएर यहाँ सम्म आइपुगेको बताएका छन ।

काम पाउनु पर्छ र सो काम पुरा गर्नु आफ्नो दायित्व ठान्ने न्यौपाने भावि दिनमा जनताको सेवामा निरन्तर लागि पर्ने बताए ।

पचालझरना १ देखि ३ सम्मका कस्को बच्चा जन्मिएको छ त्यसको घरमा पुगेर खोजि खोजि खोप लगाउने मध्येका देविशंकर न्यौपानलेलाई ग्रास्वाका भनेर चिनिदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित