पचालझरनाको सरस्वती माबिले कम्प्युटर पढ्ने ४१ जना विद्यार्थीलाइ छात्रवृत्ति

7
SHARES
15
VIEWS

कालीकोट। पछिल्लो समय प्रबिधिको जमाना संगै कम्प्युटर शिक्षा आर्जन गर्ने क्रम बढेको छ । जिल्लाको पचालझरना गाउँ पालिकाको सरस्वती माध्यमिक विद्यालय भिटाले शुरु गरेको तीन वर्षे कम्प्युटर डिप्लोमा कोर्षको पढाइ शुरु गरे संगै विद्यार्थीको आकर्षण बढेको छ ।

२०७५ साल बाट शुरु गरेको कम्प्युटर डिप्लोमा इन्जिनियरिङ कोर्षमा अध्ययन गर्नेको संख्या बढेको बताइएको छ । जिल्लाकै दोस्रो कम्प्युटर शिक्षा आर्जन शुरु गरेको पचालझरना गाउँ पालिकाको सरस्वती माबिले अहिले ४४ जना छात्रा/छात्रले अध्ययन गर्दै आएको बिद्यालयका प्रधानध्यापक महेन्द्र न्यौपानेले बताए ।

तीन वर्षको कोर्ष अहिले सम्म विद्यार्थीले कोर्ष पूरा गर्ने समय भएपनी कोरोनाका कारण पांचौ सेमिस्टारमा अघि बढेको बताए । उनका अनुसार सिटिभिटी तथा सरकारले दिने छात्रवृत्तिले विद्यार्थीहरुको आकर्षण बढेको बताए । विद्यालयले डिप्लोमा कोर्षका लागि वार्षिक २६ हजार,आइएसइको लागि २४ हजार  र १८ महिने टेक्निकल कोर्षका लागि वार्षिक १२ हजार छात्रवृत्ति दिने बताइएको छ ।

यस वर्ष नयाँ र पुराना गरेर ४१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बिद्यालयका प्रधानध्यापक न्यौपानेले बताए ।न्यौपानेका अनुसार गएको वर्ष १८ जनालाइ छात्रवृत्ति प्रदान गरिएको थियो ।विद्यालयले अनलाइन फर्म मार्फत छात्रवृत्तिका लागि सुचना गरेकाले सबैलाइ प्रक्रिया थाहा नहुनुले जिल्लाका अन्य पालिकाका विद्यार्थीले फर्म भर्न नपाएको स्थानीय कुशल शाहीले बताएका छन ।

पचालझरना गाउँ पालिकामा हाल १० वटा माबी,१४ वटा आधारभुत र ३५ वटा बाल बिकाश केन्द्र रहेकोमा ज्ञानोदय माबी राम्नाकोटमा कृषि जेटियको पढाइ हुने गरेको पचालझरना गाउँ पालिका शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए । उनले भने अन्य विद्यालयमा प्राबिधिक शिक्षा अध्ययनका लागि प्रक्रिया शुरु गर्न लागि परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित