पलातामा घुम्ती व्यापार गर्न नपाइने,आधिकारिक दर्ता गरेर व्यापार गर्न बजार समितिको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट। पलातामा घुम्ती व्यापार बन्देज गरिएको छ ।पलाता गाउँ पालिकाको थिर्पु बाख्रे बजारमा बसेको ब्यापारीहरुको बजार ब्यबस्थापनको बैठकले स्थानीय ब्यापारीहरुको उपस्थितिमा पालिका बाहिरका घुम्ती ब्याबसाय गर्न नपाउने बताइएको छ । आज भएको बजार ब्यबस्थापन समिति गठन संगै पान नम्बर सहितको सम्बन्धित ठाउँमा ब्यबसाय दर्ता गर्न निर्णय भएको बताइएको छ ।
जिल्ला बाहिरका घुम्ती ब्यापारीहरुले अटेर गरेर ब्यबसाय गरेमा पहिलो पटक १० हजार जरिवाना गर्ने र अटेर गरेर पुन दोस्रो पटक १५ हजार जरिवाना गरिने समितिका अध्यक्ष धर्मदत्त न्यौपानेले बताए ।उनका अनुसार बजारमा कुनपनि समस्या आएमा बजार समितिले हल गर्ने बताएका छ्न ।
आजै भएको बजार ब्यबस्थापन समितिका उपाध्यक्षमा रुपा शाही,सचिब लोकेन्द्र कार्की,कोषाध्यक्ष अल महताराको समिती गठन भएको बताइएको छ ।
सो निर्णयले स्थानीय ब्यापारीलाइ राहत पुग्ने करबिर बिकले बताए । उनका अनुसार आफुहरुले सरकारलाई कर तिर्ने र ब्यापार नहुने गरेको तर घुम्ती( रिटोलिङ्ग)ब्यापारीले बिगबिगी गरेको बताए । पछिल्लो समयमा गाउँ गाउँमा घुम्ति ब्यापारीले सामान लिएर व्यापार गर्दै आएका छ्न ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित