पचालझरनामा एक हप्ता भित्र डाक्टरको ब्यबस्थापन गरिने-अध्यक्ष शाही,

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले वडा स्तरमा स्वास्थ शिबिर संचालन गर्ने भएको छ । सोही क्रममा पचालझरना गाउँ पालिकाको वडा नम्बर ९ आधारभुत स्वास्थ्य केन्द्र  लडाकाटियामा दुई दिने स्वास्थ्य शिबिर हुने बताइएको छ । वडा नम्बर ९ का अध्यक्ष ललितजङ्ग शाहिका अनुसार उक्त शिबिर साउन १४ र १५ गते हुने र सो शिबिरमा एम्बिबिएस डाक्टरबाट स्वास्थ्य परिक्षण हुने बताए । उनले भने शिबिरमा गर्भवती महिलाको भिडियो एक्सरे, मधुमेह,एचआइभी,रक्तस्राव,कालाजार,मलेरिया लगाएत रोगको परिक्षण हुने बताए ।पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले गाउँ पालिकामा ५ सैयाको अस्पतालमा डाक्टरको दरबन्दी कायम भएको र स्वास्थ्य अवस्थामा पचालझरना गाउँ पालिका बासि जिल्ला बाहिर जानू नपर्ने बताए । उनले अब पचालझरनामा डाक्टर अरुण काफ्ले सुर्खेत आइपुगेको एक हप्ता भित्र गाउँ पालिकामा उपस्थिति हुने समेत अध्यक्ष शाहीले जानकारी दिएका छ्न । अध्यक्ष शाहीका अनुसार गाउँ पालिकाका प्रत्येक वडामा स्वास्थ शिबिर संचालन गर्ने योजना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित