रास्कोटले थाल्यो शैक्षिक सुधारको अभियान

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाले शैक्षिक सुधारका लागि बृहत गोष्ठी शुरु गरेको छ ।
रास्कोट नगरपालिकामा संचालनमा आएका बिद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याइ गुणस्तर कायम गर्न गोष्ठी शुरु गरिएको बताइएको छ ।शैक्षिक सरोकारवालाहरुको उपस्थितिमा शुरु भएको गोष्ठीमा शिक्षक तथा समाजसेवी,राजनैतिक दल तथा नागरिकहरुले शैक्षिक क्षेत्रमा खेलेको भुमिका र आगामी दिनमा सबै जिम्मेवारी पुर्बक लागेर शिक्षालाई व्यावसायिक तथा गुणात्मक ल्याउन भुमिका खेल्नु पर्ने सुझाब दिएका छ्न ।
सो कार्यक्रममा रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले शैक्षिकका साथै सबै क्षेत्रको भिन्न पहिचान कायम गर्ने गरी स्थानीय सरकारले काम गर्ने गरी अघि बढ्ने बताएका छन । उनले जनतामा सरकार छ भन्ने मात्र नभइ हाम्रो सरकार गाउँमा रहेको प्रत्याभुती दिने गरी काम गर्ने बताएका छ्न ।
स्थानीय सरकारले पहिलो चरणमा सबैको सुझाव लिने र त्यस पछि प्रत्येक विद्यालयमा पुगेर समस्याको पहिचान कायम गरेर गुणस्तरीय शिक्षाको लागि अगाडि बढ्न प्रस्ताव पारित गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित