को को हुंदैछन द्धन्द्धपिडित शिक्षक पुनरवहालि,राजनैतिक जिवनबाट पुन: शिक्षण पेशामा फर्किदै

7
SHARES
15
VIEWS

कालीकोट । नेपालमा चलेको जनयुद्धका क्रममा पिडित शिक्षकहरु पुनरवहालि भएका छन । देशभरका करिव सात सय शिक्षकहरु पुन काममा फर्किने भएका छन ।४ वर्ष लामो संघर्ष पछि गएको महिना सर्वाेच्च अदालतले फैसला गरे संगै नेपाल सरकार मन्त्रिपरिषदको निणर्य पछि ति शिक्षकहरु काममा फर्किने भएका हुन ।
त्यस मध्येका देशभरका २ सय ३३ जना स्थायि,२ सय ८३ जना अस्थायि र ४१ जना उमेर नाघेका गरेर सात सय भन्दा बढि शिक्षकहरु काममा फर्किनुका साथै सो अवधिको सेवा सुविधा समेत पाउने भएका छन ।
द्धन्द्धपिडित शिक्षक संघर्ष समितिका केन्द्रिय संयोजक सर्पराज सिंहका अनुसार लामो संघर्ष पछिको ठुलो सफलता भएको बताउदै देशभरका शिक्षकहरुको जित भएको बताए । उनले भने आफुले ४ वर्ष सम्म काठमाडौंमा बसेर गरेको संघर्षको परिणाम भएको बताए । उनले भने अहिले सर्वाेच्च अदालतले न्याय गरेको छ । आफुहरुको न्यायका लागि वकिल देखि राजनैतिक दलहरुको समर्थनमा सफलता हात परेको बताउदै नेपाल सरकारले सो निणर्यको कार्यन्वयन गर्दै यस आर्थिक वर्ष
को शुरुवातमा अधिकांस शिक्षकहरु काममा फर्किएका छन । जनयुद्धका समयमा राज्य वा विद्रोही पक्षबाट भएको दमनलाई शिक्षकहरुले संघर्ष गरेको र विभिन्न निकायका कारण दवावमा परेका कालीकोटका मात्र १६ जना स्थायि शिक्षकहरु साउन महिना देखि खालि दरबन्दि भएको ठाउँमा हाजिर हुने प्रक्रिया शुरु भएको बताइएको छ ।
द्धन्द्धपिडित शिक्षक संघर्ष समिति कालीकोटका संयोजक हर्क बहादुर शाहीका अनुसार कालीकोट जिल्लाका १० जना शिक्षकहरु हाजिर हुने तयारी भएको बताए । उनले भने जनयुद्ध वा पछि ज्यान गुमाएका विश्वनाथ योगि,दण्डविक्रम विष्ट,गुणानिधि योगिहरुको पेन्सनको प्रक्रिया शुरु हुने र अन्य शिक्षकहरु छत्र बम,विशाखर जैसी,हर्क बहादुर शाही,सर्पराज सिंह,विष्णुलाल रेग्मि,कटक शाही,चिरञ्जिवि योगि,नहकुल शाही र राजेन्द्र सिंह,कल बहादुर मल्ल,जगदिश्वरी शाही भने विद्यालयमा हाजिर हुने बताइएको छ । अस्थायी शिक्षकहरुले भने काम गरेको अवधिका आधारमा १ लाख पचास हजार देखि ७ लाख सम्म रकम पाउने भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित