रास्कोट नगरका योजना भुमि बैंक देखि हरित शहर सम्म

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको रास्कोट नगरपालिकाले विगतको भन्दा फरक खालका योजनालाई अघि सारेको छ ।

आर्थिक वर्ष २०७७।०७८का लागि प्रस्तुत गरेको निति तथा कार्यक्रममा सम्पूर्ण नगरवासिको दुर्घटना विमा गर्ने, बांझो रहेको जमिनमा खेति गरेर युवाहरुलाई उद्यममा लगाउन “भुमि बैंक” स्थापना गर्ने,कृषि संजालिकरण मार्फत कृषकहरुलाई बर्गिकरण गरेर लेकवस्तिमा खेति योग्य जमिनमा एकल तथा सामुहिक खेति गरेर सहकारी मार्फत उत्पादित वस्तुको बजारीकरण गर्ने,सितगृह,संकलन केन्द्र र माटो परिक्षण गर्ने र क्षेत्तडि र विशालिमा जलसाय निर्माण गरी यसबाट सिचाई, साना जलविद्युत उत्पादन,खानेपानिलाई जोड दिने रहेको छ । उक्त जलासायको दुई किलो मिटर लम्बाइ रहेको बताइएको छ ।

त्यसै गरी विगत देखि निरन्तर चालु रहेको श्रम रोजगार बैंकमा ७सय ४० थप गरी १००० पुगाउने र सम्पूर्ण विकास निर्माणका काम सोही मार्फत गर्नुका साथै नगरपालिकालाई उपभोक्ता समिति विहिन बनाउने,नगरपालिकालाई हरियालि प्रवद्धन गर्न “हरित शहर” निर्माण गर्ने,रास्कोट नगरपालिकामा बृहत खानेपानि आयोजनालाई निरन्तरता दिदै २ हजार घरधुरीमा एक घर एक धारा निर्माण गर्ने,१५ सैयाको अस्पताल स्थापना गर्ने,नगरपालिकामा चक्रपथ निर्माण गर्ने,वस्ति व्यवस्थापन गरी शुन्दर शहर निर्माण गर्न कर्कलचाकामा एकिकृत वस्ति निर्माण गर्ने रहेका छन ।
त्यसै गरी निति तथा कार्यक्रममा विकास निर्माणलाई एकरुपतामा लैजानका लागि “योजना बैंक”तयार गर्ने, नगरपालिकामा जडिबुटी खेति गर्ने,शैक्षिक क्षेत्रलाई व्यवस्थित गरी निजि शिक्षकलाई कटौति गरेर नगर शैक्षिक स्वयंम सेवक नियुक्ती गर्ने,सुकुम्बासि तथा भुमिहिनहरुलाइ व्यवस्थापन गर्न दुइ वटा वस्तिमा पुर्नवास गराउने कार्यक्रम संचालन गर्ने रहेको छ ।

नगरसभाले नगरपालिकालाई डिजिटल प्रविधिमा लैजाने,हरेक क्रियाकलापहरुलाइ सुव्यवस्थित गर्न र शुसासन कायम गर्नका लागि चौमासिक समिक्षा गर्ने र लेखापरिक्षण समिति गठन गर्ने,१० मेट्रिकटनको कोल्ड स्टोरलाई व्यवस्थित गर्ने र उत्पादित वस्तुलाई दिर्घकालिन तरिकाले व्यवस्थापन गर्न रहेका छन । यस अघि संचालन गरेको संचालन गरेको सुपथ मुल्य पसललाई प्रत्येक वडा स्तरमा संचलन गर्ने समेत निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सबै नगरपालिका मध्ये विधि र प्रक्रिया मार्फत बहुआयमिक आयोजना संचाल गर्ने रास्कोट नगरपालिका रहेको बताइएको छ । यस नगरपालिकाले जिवन प्रवद्धन कार्यक्रम, युवा स्वरोजगार कर्जा,प्रत्येक वस्तिमा सडक विस्तार, युवाहरु मार्फत विकास निर्माणका काम गर्न युवा श्रम बैंक लगाएतको काम गरेर चर्चामा रहेको नगरपालिका हो । त्यसै गरी महिला शसक्तिकरण तर्फ महिला संग उप मेयर कार्यक्रम समेत संचालन गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित