मुगुमा नगरप्रमुखमाथि खुसार्नीको धुलो प्रहार

7
SHARES
15
VIEWS

मुगु, असार । जिल्लाको छायाँनाथ रारा नगरपालिकाको नगरसभा उद्घाटनका क्रममा नगर प्रमुख हरिजंग शाहीमाथि लक्षित गर्दै खुर्सानीको धुलो प्रहार भएको छ।

नगरप्रमुख शाहीले दियो बालेर सभाको उद्घाटन गर्दै गर्दा असन्तुष्ट पक्षले नाराराबाजी गर्दै खुसार्नीको धुलो प्रहार गरेका हुन्।

बुधबार सदरमुकामस्थित अनुशा टप होटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको सातौं नगरसभा उद्घाटनका क्रममा नगर कार्यपालिकाका सदस्य कर्ण कुलालले खुसार्नी प्रहार गरेका हुन्।

नगर प्रमुखलाई लक्षित गरी फालिएको खुसार्नीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीको आँखामा परेको थियो । खुर्सानी प्रहार गर्ने कार्यपालिका सदस्य कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे छ।

नगरसभा संचालन कार्यविधि बमोजिम नगरसभा बिथोल्ने मनसायले खुसार्नी प्रहार गर्ने सदस्यलाई नगरसभामा उपस्थित हुन नपाउने गरी कारबाही गर्ने नगरपालिकाले योजना बनाएको छ।

नगरपालिकाको साताैं नगरसभा बुधबार असन्तुष्ट सदस्यहरुको नाराबाजीबीच उद्घाटन भएको छ।

असन्तृष्ट पक्षका मागलाई लिएर बुधबारै विहानदेखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजेसम्म सहमतिका लागि बैठक बसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित