पुर्ब मुख्यमन्त्री शाहीको उपस्थितिमा सरकार प्रमुख र पार्टी प्रमुखहरुको सहभागितामा बैठक

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित सरकार प्रमुख र पार्टी प्रमुखहरु बिच बैठक बसेको छ । पछिल्लो स्थानीय सरकारले चालेका कदम, पार्टी र सरकार बिच हुनु पर्ने सम्बन्धका बारेमा छलफल भएको बताइएको छ ।बैठकमा नेकपा(माओवादी केन्द्र)का पोलिट ब्यूरो सदस्य महेन्द्र बहादुर शाही,केन्द्रिय सदस्य बिष्णु बिक,जिल्ला संयोजक लक्ष्मी चौलागाईंको सहभागितामा रास्कोट नगर प्रमुख धर्मराज शाही,खांडाचक्र नगर उपप्रमुख गणेश शाही,महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह,शुभकालीका गाउँ पालिका अध्यक्ष गोबिन्द आचार्य,पलाता अध्यक्ष बिष्णु रोकाया,पचालझरना अध्यक्ष देबराज शाही,सान्नित्रीबेणीका अध्यक्ष मोहन केसिको सहभागिता रहेको छ ।त्यसै गरेर तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चंदारा,खांडाचक्र नगर कमिटी अध्यक्ष धनलाल अधिकारी लगाएतका पार्टी प्रमुखको उपस्थिति रहेको थियो ।सरकार प्रमुख र पार्टीका प्रमुखहरुले सरकारले पार्टीको निर्देशनमा अघि बढ्न सुझाव दिएका छ्न ।सो बैठकमा पार्टी र सरकारले सहकार्य समन्वय मार्फत अघि बढ्न कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र शाहीले निर्देशन दिएका छ्न । पुर्ब मुख्यमन्त्री शाहीले अन्य पार्टीका जनप्रतिनिधि भन्दा माओवादीले नेतृत्व गरेको पालिका नमुना बनाउन अग्रसर हुन समेत आग्रह गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित