चिल्खायाको राष्ट्रिय माविमा उपमेयर शाही पुगेपछि ……

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समय तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीले अनुगमन र विकास निर्माणका काममा तिव्रता दिएका छन । तिलागुफा नगरपालिकालाई नमुना नगरपालिका बनाउन निरन्तर खटिरहेका उपमेयर शाहीले जिल्लाकै रमणिय तथा उत्पादन हुने चिल्खायाका विभिन्न कामको अनुगमन गरेका छन । सोही अनुगमनका क्रममा राष्ट्रिय माध्यमिक विद्यालय ढिम्नियाको अनुगमन गरेका छन ।

शाहीले उक्त विद्यालयको भौतिक संरचना र पढाइको स्तरका बारेमा पढउादै गरेको अवस्थामा कक्षा कोठामा पुगेर विद्यार्थिको पढाई र बस्नका लागि भौतिक संरचना र अन्य अवस्थाका बारेमा बुझविस्तार गरेको बताइएको छ । अनुगमन टोलि सहित पुगेका उपमेयर शाहीले विद्यालयका भौतिक संरचनाका बारेमा जानकारी लिएपछि स्थानियमा खुशियालि छाएको छ । विद्यालयको अवस्था निकै नाजुक भएको र यस अघि कुनै निकायले ध्यान नदिएको र अहिले स्थानिय सरकारले प्रत्यक्ष अनुगमन गरेर त्यहाँका समस्या बुझेकामा नगर सरकारलाई धन्यवाद दिएका छन ।

स्थानिय हस्त शाहीका अनुसार टिनले बारेको ४ कोठा भित्र पठन पाठन हुंदा आएको बताए । उनले भने पहिलो पटक स्थानिय सरकारको जिम्मेवार व्यक्ति आएर विद्यालयको अवस्थाका बारेमा अनुगमन गरेकामा केही परिर्वतन हुने आशामा आफु रहेको शाहीले बताए । तिलागुफा नगरपालिका उपमेयर शाही सहित अन्य अनुगमन टोलिले वडा नम्बर ९को सडक ग्राबेल गर्ने आश्वासन समेत दिएको बताइएको छ ।
तिलागुफा नगरपालिका वडा न. ९ र ११ चिल्खायामा गरिएको अनुगमनले विकास निर्माण र जनतालाई आवश्यक्ताको महत्वबोध भएर माग अनुसार अघि बढ्ने विश्वास दिदै नगर उपमेयर शाहीले जनताको साथमा निरन्तर रुपमा आफु लाष् िपर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित