किन पुगे ?कालीकोटे युबा नेता युद्ध भुमी रुकुम,रोल्पा(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट ।जनयुद्धको आधार भुमीको भ्रमणमा कालीकोटका युबा नेता रुकुम पुगेका छ्न ।स्थानीय जनप्रतिनिधिले जनसत्ता संचालनको ढांचा बुझ्न र स्थानीय सरकारले गरेका कामको सिको गर्न जानू पर्नेमा युबा विद्यार्थी नेताहरु रुकुम मुसिकोट लगाएतका ठाउँमा अवलोकन गरेका हुन ।
नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेशका सदस्य जगत शाही,बैकल्पिक प्रदेश सदस्य दिपक चौलागाईं,विद्यार्थी नेता मनसिंह शाही,जगत चौलागाईं,खांडाचक्र नगर पालिका वडा नम्बर ४ का अध्यक्ष प्रबानन्द आचार्य लगाएतका नेताहरु रहेका छ्न ।
भ्रमण टोलिले सल्यान,जाजरकोट,पश्चिम रुकुमको मुसिकोट,रोल्पाको लिवाङ तथा थवांङ्ग लगाएतका ठाउँमा अवलोकन गरेर स्थानीय सरकारले गरेका कामको बारेमा अनुभव सांटासाट गर्ने बताइएको छ ।
अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य मनसिंह शाहीले कालीकोट र जनयुद्धको आधारभुमि रोल्पा रुकुमको सत्ता संचालनको अवस्थाका बारेमा बुझ्न पाइएको बताए । उनले भने सत्ताले गरेका राम्रा कामको बारेमा कालीकोटका लागि उपयुुक्त हुने बताए ।
आफुहरुले सल्यानमा सरकार प्रमुख,पश्चिम रुकुमको महतगाउको शहिदपार्क र त्यहाँका सरकार प्रमुख संग अन्तरक्रिया गरेको र आज सोमबार रोल्पाको लिवाङ हुँदै महत्त्वपूर्ण स्थानमा जाने र सरकार प्रमुख संग अन्तरक्रिया गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित