सोसेकले पलांतामा गरेको काम उत्कृष्ट छ-अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले पलांतामा वित्तिय तथा गैरवित्तिय क्षेत्रमा सामाजिक सेवा केन्द्र(सोसेक)नेपालले गरेको कामको प्रसंसा गरेका छन । सोसेक नेपालले वितरण गरेको टुहुरा वालवालिकाहरुलाई शैक्षिक सामाग्रि हस्तान्तरणमा अध्यक्ष रोकायाले सो कुरा बताएका हुन ।

पंलाता गाउँ पालिकाकामा रहेका १६ जना टुहुरा वालवालिकाहरुलाई कपि डटपेन, पेन्सिल,इरेजर,कटर र झोला लगाएतका सामाग्रि वितरण गर्दै असाहय तथा अपांगहरुका लागि सोसेक अग्रसर भएको प्रति धन्यवाद दिएका छन ।सो कार्यक्रममा फरक क्षमता भएका अपांगहरुलाई बैशाखि समेत वितरण गरिएको बताइएको छ ।

पलांता गाउँ पालिका उपाध्यक्ष अलैपुरा हमालको समेत सहभागिता रहेको कार्यक्रममा वितरण गरिएको शैक्षिक सामाग्रिले वालवालिकाहरुमा खुशियालि छाएको छ ।सासेक नेपालले वकालत तथा वित्तिय क्षेत्रमा पहुंच बृद्धि गर्न महिलाहरुमा बचतका कार्यक्रम तथा अन्य राहतका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित