पचालझरनामा घरदैलोमा पुगेर सासु भत्ता वितरण गरिने

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । पचालझरना गाउँ पालिका र नविल बैंक विच सहमति भए अनुसार पचालझरना गाउँ पालिकाको वडा न.९ तिखात्ति र कोटिलाबाट विहबार अर्थात साउन २६ गते वितरण शुरु गर्ने बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष देवजंग शाहीका अनुसार पचालझरना गाउँ पालिकाका सामाजिक सुरक्षा भत्ताको रकम बैंकले उपलब्ध गराउन नसक्दा ढिलो भएको बताउदै जेष्ठ नागरिक,अपांगहरुको पाउने सुविधा घरदैलोमा गएर वितरण गरिने र बाल पोषण भत्ताको हकमा बैंकबाट वितरण गरिने  छ ।

यस अघि ठुलो परिमाणमा सामाजिक सुरक्षा भत्ताको रकम बैंकमा संचित नहुंदा समस्या आएको र गएको वर्ष सुर्खेतबाट नगद ल्याएर वितरण गरिएको थियो ।

यस आर्थिक वर्षमा गएको वर्षको बांकी रहेको रकम वितरण गर्न लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित