शोभाका आफन्तलाई नेपाल लाइफको १२ लाख ७६ हजार विमा रकम

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाको सान्नित्रिवेणिमा विमा वापत १३ लाख बढि राहत वितरण गरेको छ । गएको चैत्र २८ गते कोहलपुर मोटरसाइकल  दुर्घटनामा परि मृत्यु भएकी सान्नित्रिवेणि मुम्रा निवासि शोभा बटाला केसिका आफन्तलाई नेपाल लाइफ इन्सुरेन्स कम्पनि उपशाखा कालीकोटले १२ लाख ७६ हजारको चेक हस्तान्तरण गरेको हो ।

मृत्यु दावि रकम मृतकका श्रीमान प्रकाश कुमार केसिलाई मुम्रामा हस्तान्तरण गरिएको बताइएको छ । मृतक शोभा स्वस्थ्य कर्मि हुन । उनि घरबाट स्वस्थ्य संस्थामा जादै गर्दा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो ।उनि संगै मोटरसाइकल चालक दण्ड विक्रम विष्ट(मित्र)को समेत उपचारको क्रममा मृत्यु भएको थियो ।

सान्नित्रिवेणि गाउँ पालिका वडा न. ८ र ९का वडाअध्यक्ष द्धयको उपस्थितिमा कम्पनिका एजेन्सि म्यानेजर दुर्ग बहादुर बढाको रोहवरमा हस्तान्तरण गरिएको हो ।  जिवन विमाले पछिल्ला सन्ततिहरुलाई व्यवस्थापन गर्न ठुलो टेवा मिलेको बताउदै सबै नागरिकहरुले विमामा संलग्न हुनु पर्नेमा जोड दिएको छ । पछिल्लो समय ग्रामिण क्षेत्रका समुदायहरुमा जिवन विमा गर्ने क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित