काठमाडौं । प्रवीणता प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।
नेपाल सरकारले चलचित्र विकास बोर्डमा गरिएको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो । अध्यक्षमा नियुक्ति हुन केसीको योग्यता नपुग्ने भन्दै उनका प्रतिस्पर्धी आवेदकहरूले मुद्दा दायर गरेको बताइएको छ ।
विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने भए पनि केसीले प्रवीणता प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेकाले उनको नियुक्ति बदर गर्नुपर्ने निवेदकको माग छ ।
Discussion about this post