पचालझरना सामुदायिक अस्पताल संचालनमा आउने

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाले सामुदायिक अस्पताल संचालनमा ल्याउने भएको छ ।
गाउँ पालिकामा विशेषज्ञ डाक्टरको नियुक्ति संगै सामुदायिक अस्पताल संचालनमा ल्याउन लागेको बताइएको छ ।पचालझरना गाउँ पालिकामा डाक्टर अरुण काफ्लेलाइ नियुक्ति गरेको स्थानीय सरकारले भौतिक संरचना र अन्य आबस्यक सामाग्रीको ब्यबस्थापन गरेर सेवा सुचारु गर्न निर्माणधिन अवस्थामा रहेकाले जारकोटमा सामुदायिक अस्पताल स्थापना गरिने पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले बताएकी छ्न ।
भरखरै सम्पन्न कार्यपालिकाको बैठकले अपुग सामनको ब्यबस्थापन गर्न र स्वास्थ्यकर्मीको सेवा सुबिधाका बारेमा आबस्यक निर्णय भएको छ ।त्यसको तत्काल हल हुने बताउदै गाउँ पालिकाले वडा स्तरमा गएर सामाजिक सुरक्षा भत्ता संगै स्वास्थ्य शिबिर गर्ने उपाध्यक्ष बमले बताइन ।
जिल्लाको बिकट मानिएको पचालझरना गाउँ पालिकामा यस अघि पांच सैयाको अस्पतालका लागि प्रक्रिया अघि बढेकोले तत्काल स्वास्थ्य चौकी राम्नाकोटको जारकोटमा भएको भौतिक संरचनामै सेवा सुचारु गर्ने पचालझरना स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले बताए । उनका अनुसार पांच सैयाको काम अगाडि बढ्ने र जनतालाइ स्वास्थ्य सेवामा कमि हुन नदिन गाउँ पालिकाले उचित कदम चालेकोमा धन्यवाद दिएका छन ।
पचालझरना सामुदायिक अस्पतालका प्रमुख डाक्टर अरुण काफ्लेले अहिले जे जति सामाग्री छ त्यहीबाट सेवा दिने र सामाग्री अभाबको क्रमस ब्यबस्थापन गर्ने बताए । आफुले यस अघि धरान,काठमाडौ लगाएतका ठाउँमा सेवा गरेको र पचालझरना गाउँ पालिकामा सक्दो सेवा दिने र सोही किसिमको बाताबरण हुनेमा आशाबादी रहेको बताए ।
पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले गाउँ पालिकाका कुनै पनि नागरिकहरुले स्वास्थ्यमा समस्य आउदा जिल्ला बाहिर धाउनु नपर्ने गरेर डाक्टरको ब्यबस्थापन गरेको र अन्य सेवाका लागि आफू तयार रहेको बताउदै स्वस्थ्य संस्था जस्तो क्षेत्रमा कुनै पनि कमि हुन नदिने बताए ।
पचालझरना सामुदायिक अस्पताललाई ब्यबस्थित गर्दै पालिकाका अन्य स्वास्थ्य संस्थालाइ स्तर उन्नती गर्ने अध्यक्ष शाहीले बताएका छ्न ।पचालझरनामा सबै वडामा स्वास्थ्य संस्था र इकाईहरुको स्थापना भइ सकेको गाउँ पालिकाले जनाएको छ ।गाउँमा डाक्टर आउदा स्थानीयमा खुशियाली छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित