कालीकोट । यस अघि कार्यकाल पुरा गरेका रेडक्रस कालीकोट शाखाको ३५ औं जिल्ला अधिबेशनबाट बल प्रसाद संज्याल जिल्ला सभापतिमा निर्वाचित भएका छन । उनि यस अघि पनि जिल्लाका सभापतिको जिम्मेवारी पुरा गरी सकेका छन ।
यस पटक पुन संजयाललाई सभापतिमा सर्वसम्मत गरिएको हो । त्यस गरी अन्य पदाधिकारीहरुमा उपसभापतिमा द्धय धर्म बहादुर शाही र कृष्णकला पाण्डे,मन्त्रि तपेन्द्र बहादुर महतारा,कोषाध्यक्षमा कुलमान शाही,उपमन्त्रि प्रजापति चौलागाई,उपकोषाध्यक्ष दुर्ग बहादुर केसी सहित १७ सदस्य समिति चयन भएको बताइएको छ ।
रेडक्रस कालीकोटले विपदमा परेका समुदायलाई विभिन्न सेवामुलक काम गर्दै आएको छ ।
Discussion about this post