२७ हजार बढि वालवालिकालाई एक साथ कोभिड विरुद्धको खोप लगाइदै

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला स्वस्थ्य सेवा कार्यालाय कालीकोटले जिल्लाका २७ हजार वालवालिकालाई कोभिड विरुद्धको फाइजर खोप लगाउने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नविर सुनारका अनुसार भाद्र ५ देखि १२ गते सम्म जिल्लाका ८२ वडामा एक साथ २७ हजार सात सय २१ वालवालिकालाई फाइजर खोप लगाइने भएको बताएका छन ।

डाक्टर सुनारका अनुसार भाद्र ५ देखि ७ गते सम्म रास्कोट,तिलागुफा र खांडाचक्र नगरपालिकाका साथै महाबै,शुभकालिका,नरहरिनाथ र सान्नित्रिवेणि गाउँ पालिका रहेका छन भने पलांता गाउँ पालिकामा भाद्र ७ देखि ९ गते भित्र खोप लगाउने तालिका सार्वजनिक गरिएको बताएका छन । त्यसै गरी पचालझरना गाउँ पालिकामा भने भाद्र १० देखि १२ गते भित्र खोप लगाउने बताइएको छ ।५ वर्ष देखि १२ वर्ष मुनिका वालवालिकाहरुलाई उक्त खोप लगाइने भएको हो ।

जिल्लामा स्वस्थ्य सेवा कार्यालय कालीकोटले पछिल्लो समयमा कोभिड संक्रमितको संख्या बढेकाले संयमति हुन र सर्तकता अपनाउन समेत अनुरोध गरेको जिल्ला जनस्वस्थ्य अधिकृत कटक महतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित