पचालझरनामा प्रहरीको चोरी न्यूनीकरण सम्बन्धि जनचेतना मुलक कार्यक्रम

7
SHARES
15
VIEWS

कालीकोट ।इलाका प्रहरी कार्यालय पचालझरनाले समाजमा हुने चोरी डकैतीका घटना न्यूनीकरण गर्न चेतनामुलक कार्यक्रम गरेको छ । पचालझरना गाउँ पालिका वडा नम्बर ४ को पडेक्षाका स्थानीयहरुको सहभागितामा सो कार्यक्रम गरिएको हो ।
इलाका प्रहरी कार्यालय पचालझरनाका प्रमुख तथा प्रहरी नायब निरीक्षक जनक भण्डारीको नेतृत्वमा भएको कार्यक्रममा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत चेतनामूलक कार्यक्रम गरिएको बताइएको छ ।

प्रहरीले जिल्लाका विभिन्न ठाउँमा कतै छाउपडी प्रथा,छुवाछूत लगाएतका बिषयमा चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डिएसपी जयस्वर रिमालले यस वर्ष अधिकतम चेतना मुलक कार्यक्रम गर्ने बताउदै तत्काल निर्वाचनको तयारीमा जुट्ने र विभिन्न निकायको समन्वय सहकार्यमा विभिन्न सामाजिक अपराधिक क्रियाकलापहरु न्यूनीकरण गर्ने खालका कार्यक्रम गर्ने बताएका छ्न ।
गएको वर्ष तीन सय भन्दा बढी चेतनामूलक कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित