तिलागुफामा स्वस्थ्य शिविर,स्थानिय खुशि,धर्ति फाउण्डेसनको एम्बुलेन्सले दियो यातायातमा निशुल्क सेवा

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगरपालिकाले स्वस्थ्य शिविर संचालन गर्दा सयौं स्थानियले सेवा लिएका छन । तिलागुफा नगरपालिकाले उपप्रमुख संग स्वस्थ्य शिविर कार्यक्रम संचालन गरेर ६ सय भन्दा बढिले उपचार सेवा लिएका छन ।

तिलागुफा नगरपालिकाका सबै वडाहरुबाट अत्याधिक मात्रामा उपस्थिति रहेको बताइएको छ । कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका विशेषज्ञ सहितका चिकित्सकहरुको उपस्थितिमा भएको शिविरमा ६ सय बढिले उपचार सेवा लिएको धर्ति फाउण्डेसनका संचालक धर्मराज शाहीले बताए ।

तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र शाहीको पहलमा भएको यस कार्यक्रमबाट अधिकांस समुदाय खुशि भएर धन्यवाद दिएको बताए । उनले भने हिड्न नसक्ने समुदायहरुका लागि धर्ति फाउण्डेसन मार्फत संचालित एम्बुलेन्सले निशुल्क सेवा दिएको बताएका छन ।

दिनभर २० पटक सम्म गाल्जे तथा नाग्म,,छाप्रेका विरामीलाई एम्बुलेन्समा निशुल्क सेवा दिए पछि कयौं विरामी आएको उनले बताए । सांझ सम्म ६ सय बढिले पर्चा लिएको र राति सम्म उपचार जारी रहेको बताउदै तिलागुफा नगरवासिका लागि राम्रो काम भएको शाहीको भनाइ रहेको छ ।
तिलागुफा नगर अस्पतालको आयोजनामा भएको उक्त शिविरले जनतालाई राहतको महसुस भएको र स्थानियले घर आंगनमै विशेषज्ञ चिकित्सकहरुबाट स्वस्थ्य परिक्षण र औषधि पाएको बताएका छन ।

तिलागुफा नगपालिकाले गत महिना मात्र कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्ला संग सम्झौता गरी हरेक महिना तिलागुफा नगर अस्पताल रांचुलिमा शिविर तथा स्वस्थ्य परिक्षणका लागि जुम्लाले चिकित्सक पठाउने सहमति अनुसार पहिलो पटक शिविर गरिएको र यसलाई निरन्तरता दिने नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित