महाबैले थाल्यो सेवा प्रबाह सम्बन्धी जनप्रतिनिधिलाई प्रशिक्षण

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकाले स्थानीय तह तथा वडा कार्यालयले दिने सेवा सुबिधा सम्बन्धी सरोकारवालालाई सुसुचित गरेको छ । सुचना तथा प्रबिधी शाखाको आयोजनामा दुई दिन सम्म संचालन हुने अन्तरक्रियामा स्थानीय जनप्रतिनिधिहरुको सहभागिता रहेको छ ।

गाउँ पालिकाका सबै वडा अध्यक्ष उपस्थित कार्यक्रममा जन्म,मृत्युु र बसाइँसराइ,बालबालिका साथै जेष्ठ नागतिकलाइ दिने सेवा सुबिधाका बारेमा जानकारी दिने बताइएको छ । नयाँ जनप्रतिनिधिलाई कामकारबाहीको बिषयमा जानकारी नहुने र जनताले गरेको आशा पूरा नहुने र दुख पाउने अवस्था आउन नदिन अन्तरक्रिया तथा सहजीकरण गरिएको महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहले बताए ।

उनले भने जनप्रतिनिधि भई सके पछि अधिकार र कर्तव्यका बारेमा जानकारी लिने र जमना अनुसार प्रबिधी सम्बन्धी ज्ञान समेत लिनु पर्नेमा आफू रहेको बताए ।उक्त तालिमको सहजीकरण सुचना तथा प्रबिधि शाखा प्रमुख प्रशिक्षक शिबनारायण चौधरीले गरेको बताइएको छ ।

सो कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष दानसिह सेजुवालको समेत सहभागीता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित