पचालझरनामा तिजको लागि वडा सरकारद्धारा डिजि वितरण,महिलाहरु खुशि

7
SHARES
15
VIEWS

कालीकोट । महिलाहरुको पर्वका रुपमा रहेको हरितालिका तिज नजिकीदै गर्दा ग्रामिण क्षेत्रमा रमझम बढेको छ । सोही सिलसिलामा पचालझरना गाउँ पालिकाले तिज कार्यक्रम सफल पार्न सहयोग गर्न थालेको छ ।

पचालझरना गाउँ पालिका वडा न.९मा हरितालिका तिजलाई लक्षित गरेर रमाइलो गर्न साउण्ड बक्स(डिजि) सहयोग गरिएको छ । वडा न.९का अध्यक्ष ललितजंग शाहीले वडा कार्यालयको तर्फबाट डिजि हस्तान्तरण गर्दै तिजलाई भब्य रुपमा सम्पन्न गर्न डिजि हस्तान्तरण गरिएको बताएका छन ।वडा न.९का २ वटा टोल कोटीला र तिखात्तिमा १/१ वटा डिजी बितरण गरिएको छ ।

वडामा गरिने हरेक कार्यक्रमहरुमा आफुहरुको साथ रहेको बताउदै वडाध्यक्ष शाहीले कुनैपनि कमि हुन नदिने विश्वास दिलाएका छन । पचालझरना गाउँ पालिकाका अन्य वडाहरुको तुलनामा वडा न.९का अध्यक्ष शाहीले विभिन्न रचनात्मक काम गर्दै आएका छन । उनले यस अघि वडामा स्वस्थ्य शिविर समेत संचालन गरे संगै उनि चर्चामा रहेका छन । महिलाहरुलाई रमाइलोका लागि डिजि पाएपछि खुशी हुंदै ६५ वर्षिय बना शाहीले स्थानिय सरकार र जनप्रतिनिधिलाई धन्यवाद दिएकी छन ।

आफुहरुले विगतका वर्षहरुमा रकम उठाएर मनोरञ्जन गर्ने गरेको स्मरण गर्दै आगामि दिनमा पनि स्थानिय सरकार गाउँलेहरुको लागि अघि बढ्ने आशा रहेको बताइन । भाद्र १४ गते महिलाहरुले तिज विशेष कार्यक्रम गरेर मनाउने चलन रहेको छ ।

पछिल्लो समयमा ग्रामिण क्षेत्रमा महिलाहरु तिज विशेष कार्यक्रम मनाउन शुरु गरे संगै हकहितका बारेमा समेत चेतनामुलक काम गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित