कालीकोटमा विप्लव नेकपा लगाएत ४ दलको बन्दको प्रभाव यातायात ठप्प

7
SHARES
15
VIEWS

कालीकोट ।विप्लव नेकपा लगाएतका दलहरुले आयोजना गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेको छ । लामो दुरीका यातायातका साधनहरु पूर्ण रुपले बन्द रहेपनि व्यवसायि तथा अन्य क्षेत्रमा भने प्रभाव न्युन परेको छ ।

विप्लव नेकपा कालीकोटका जिल्ला सेक्रेटरी रणदिपले बन्दको प्रभाव कालीकोटमा पूर्ण रहेको बताएका छन । उनले लामो दुरीका साथै छोटो दुरीका साधनहरु संचालनमा नआएको र बन्दलाई सफल पार्न साथ दिएकोमा कालीकोट बासिलाई धन्यवाद दिएका छन ।

उनले आफ्नो पार्टी शान्तिपूर्ण बाटोमा अघि बढेको अवस्थामा सरकारले जवरजस्त युद्धमा धकेल्न खोजेको र सोही अनुसार आफ्ना नेताहरुको नाममा पक्राउ पुर्जि जारी गरेकाले बन्द गर्नु परेको बताए ।

अब सरकारले तिन बुद्धे सहमति कार्यन्वयन नगरेर चरणबद्ध आन्दोलन गर्ने नेता रणदिपको भनाई रहेको छ । बन्दका कारण सुर्खेत,नेपालगंज जाने र जिल्ला सदरमुकाम मान्म आउने स्थानियहरु बाटोमा हिड्न बाध्य भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित