भिरबाट खसेकि ताडीकी जैपुराको उपचारका क्रममा सुर्खेतमा मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिका ३ निवासि जैपुरा पाण्डेको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ ।

गाउँको नजिककैको डिम्मुरे भिरमा घांस काट्न गएको अवस्थामा भिरबाट लडेर सख्त घाईते भएकी जैपुरा पाण्डेको सोमबार कर्नालि प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको आफन्तले बताएका छन ।

आइतवार विहान घांस काट्न गएकी पाण्डेको गम्भिर चोट लागेर जिल्ला अस्पताल पुगायौं तर सम्भव नभउपछि सुर्खेत रिफर गरेको र कर्नालि प्रदेश अस्पताल सुर्खेतमा सोमबार सांझ निधन भएको अस्पतालले जनाएको छ ।

मृतक पाण्डेको पोष्टमार्टम तथा लासजांच मुचूलका मंगलवार गरिएको र आजै दाहसंस्कार गरिने स्थानिय रोशन पाण्डेले बताएका छन । मृतक पाण्डेका छोरा १ र छोरी ३ रहेका छन ।मृतक पाण्डे हिमचुलि कृषि सहकारी संस्थाको सदस्य रहेको र दुर्घटना विमा समेत गरिएकाले प्रक्रिया पुरा गर्न संस्थाले घरपरिवालाई जानकारी दिएको छ । संस्थाले मृतक पाण्डको निधन प्रति दुख व्यक्त गर्दै परिवाजनमा धैर्यधारणको कामना गर्दै समबेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित