कालीकोट । आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा गोष्ठी हुने भएको छ ।जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधिहरुको सहभागितामा गत वर्षको प्रगतिको समीक्षा हुने भएको छ ।
जिल्ला समन्वय समिती कालीकोटले भाद्र १० र ११ गते दुई दिन सम्म समीक्षा गर्न लागेको समन्वय प्रमुख धनजित शाहीले बताए ।उनले भने बिगतका वर्ष झै चालू वर्षमा काममा सहजता गर्नका लागि समीक्षा गर्न लागेको बताए ।
तीन नगरपालिका र ६ गाउँ पालिका अध्यक्षहरुको उपस्थितिमा हुने समिक्षा गोष्ठीमा स्थानीय तहका कार्यकारी प्रमुखहरुले प्रगती प्रस्तुत गर्ने बताइएको छ।
बिगतका वर्षहरुमा जिल्ला समन्वय समितिले जिल्ला सभा गर्दै आएको र नौ वटै स्थानीय तहले गरेका कामकारबाहीका बारेमा अनुगमन गर्दै आएको छ ।
Discussion about this post