पचालझरनाले थाल्यो योजनाको सम्झौता शुरु,पहिलो योजना सम्झौता गर्ने उपभोक्तालाई सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले चालु आर्थिक वर्षको विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्ने उद्देश्यले योजनाको सम्झौता गर्न शुरु गरेको छ । पचालझरना गाउँ पालिकाका कार्यकारी प्रमुख विरेन्द्र बमका अनुसार पचालझरनामा चालु आर्थिक वर्ष २०७९।०८०का योजनाहरु समयमै सम्पन्न गर्नका लागि पहिलो पटक सम्झौता गर्ने उपभोक्ता समिति नानिकोटलाई सम्मानित गरिएको बताएका छन ।

पचालझरना ७का उपभोक्ता समितिका अध्यक्षलाई पालिकामा दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ ।

पचालझरना वडा न. ७को रडिखेल्ना देखि सिममष्टा माडु सम्मको आरसिसि ढलानका लागि यस आवमा पहिलो सम्झौता गरिएकोमा सम्मानित गरिएको बमले बताए । उनले भने विगत वषहरुमा वर्षको अन्तिममा सम्झौता गर्ने र काम समयमै नहुने भएपछि यस वर्षको शुभारम्भमा काम शुरु गरिएको बताए ।

पचालझरना गाउँ पालिकाका योजना शाखाका प्रमुख कमल बमले जिल्लाकै विकास निर्माणको सम्झौता गर्ने पहिलो पालिका भएको बताए । यस कार्यले पचालझरनाका हरेक विकास निर्माणका काम गुणस्तरिय हुने र उपभोक्ताले भुक्तानि पाउने बमको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित