रास्कोटको विसालिमा दुई कि.मि.लामो जलासाय बन्दै

7
SHARES
15
VIEWS

कालीकोट,असार । समग्र विकास निर्माणको चर्चामा रहेको रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्रमा क्षेत्तडि देखि विसालि सम्म अर्ध जलासाय निर्माण शुरु भएको छ । रास्कोट लेक क्षेत्रलाई व्यवस्थित पारेर कृषि उत्पादनमा जोड दिन सो क्षेत्रमा फुकगाड खोलाको पानि ल्याएर ठुलो मात्रामा पानि जम्मा हुने जलासाय निर्माणको काम शुरु भएको बताइएको छ ।
रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालका अनुसार दुई किलो मिटर लम्बाइ र सोही अनुसारको चौडाईमा अहिले साढे तिन करोडमा उक्त आयोजना शुरु भएको बताउदै सम्पन्न हुंदा सम्म ६५ करोड बजेटको जरुरी हुने उक्त योजना सम्पन्न भएमा सिचाइ कुलोको आवश्यक नभई फोहोरा सिंचाइ मार्फत अगाडी बढ्ने बताउनु भएको छ ।

त्यति मात्र नभई सो योजनाबाट छिमेकी गाउँ पालिका सान्नित्रिवेणि र पचालझरनालाई समेत पहुंच पुग्ने सम्भावना रहेको दावि गर्नु भएको छ ।
अहिले रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्रको जग्गा जमिन सरकारी र निजिको बारेमा स्पष्ट जानकारी आइसकेकाले कृषि हबका रुपमा लैजाने योजना अगाडी सारेको नगरपालिकाले सामुहिक तथा एकल रुपमा फलफुुल तथा तरकारीको पकेट क्षेत्र मार्फत व्यापक उत्पादनमा जोड दिने हो ।

यसको मर्मलाई बुझेर सबै नागरिक अगाडी बढ्ने हो भने शुन्दर हरियालि शहर कृषिमा आत्मनिर्भर सम्भव भएको नगरप्रमुख बरालको भनाई रहेको छ । अहिलेको जस्तै विकासका काममा नगरपालिकाका युवा जनशक्ति लाग्ने हो भने अबको छोटो समयमा दोब्बर विकास हुनेमा ठोकुवा गर्दै आत्मनिर्भर नगरवासि हुने बताउनु भएको छ ।
रास्कोट नगरपालिकामा विकास निर्माणमा युवा सहभागिता गर्न युवा श्रम बैंक स्थापना,आफैले डोजर संचालन गरी हरेक वस्तिमा सडक विस्तार,शहरीकरणका लागि सडकको लगत कट्टि,युवा स्वरोजगार कर्जा,समुदायमा जिवन प्रवद्धन कार्यक्रम,सुपथ मुल्य पसल संचालन,मिटर सहितका एक घर एक धारा,युवा श्रम बैंकका सम्पूर्णको १० लाख बराबरको दुर्घटना विमा, ,सबै भन्दा अगाडी नेपाल भित्र तथा बाहिर रहेका समुदायको उद्धार,बहुआयमिक क्वारेन्टाइन व्यवस्थापन र सबै नागरिकको पिसिआर परिक्षण,१८४३ जनालाई चार पटक सम्म निरन्तर राहत प्रदान लगाएतका काम गरेर चर्चामा रहेको नगरपालिका भनेर चिनिदै आएको बताइएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित