कालीकोट । रास्कोट नगरपालिकाको पोग्रिमा निर्माण भएका नमुना वस्ति समुदायालाई हस्तान्तरण गरिने भएको छ । रास्कोट नगरपालिकाको वडा न. ७ पुछ्रेगाउँको पोग्रिमा बाढि पिडितहरुका लागि निर्माण भएका घरहरु समुदायलाई हस्तान्तरण गरिने भएको बताइएको छ ।
आइतवार एक कार्यक्रमका विच कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्रि उपस्थितिमा नमुना वस्ति हस्तान्तरण गरिने भएको हो ।
उक्त वस्तिका ७३ घर निर्माण संगै शहरिकरणको शुरुवात भएको छ ।रास्कोट नगरपालिका ७का पूर्व वडाअध्यक्ष अदलसिंह महताराका अनुसार कर्नालि प्रदेश सरकारको ५ करोड लगानिमा ७३ घर निर्माण गरिएकोमा ३करोड ६५ लाखमा निर्माण भएको र २७ वटा घर समयमै लगाउन नसकेर रकम फ्रिज गएको नमुना वस्ति निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्न महताराले बताए ।
उनका अनुसार वस्ति निर्माण भएपछि समुदायदायलाई हस्तान्तरण गरिने बताए । वर्तमान वडा अध्यक्ष कपुर महताराले सो वस्तिलाई शहरीकरणका साथै होम स्टेका रुपमा विकास गरेर अघि बढ्ने योजना रहेको बताएका छन ।
नमुना वस्ति बन्नु आफुहरुका लागि सुनौलो अवसर भएको बताएका छन । तत्कालिन नगरप्रमुख काशिचन्द्र बरालले अघि सारेको नमुना वस्तिले समुदायमा खुशियालि छाएको छ ।
Discussion about this post