पत्रकार धनबहादुर शार्की माथि पलांताका पूर्व अध्यक्ष लक्ष्मण बमले गरे हातपात

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिका पूर्व अध्यक्ष लक्ष्मण बमले पत्रकार धन बहादुर शार्की माथि आक्रमण गरेका छन । लक्ष्मण बमका विरुद्ध समाचारमा लेखेका कारण पत्रकार शार्कीलाई आक्रमण गरेको स्थानियले बताएका छन ।

आफु विरुद्ध समाचार लेखेकै कारण पूर्व अध्यक्ष लक्ष्मण बम र उनकी श्रीमति गोरिकला बमले आक्रमण गरेर मरणासन्न हुने गरेर कुटपिट गरेको र ज्यान समेत कर्नालिमा फालेर मारिदिने धम्कि दिएपछि सुरक्षाका लागि जंगलमा भागेको शार्कीले बताएका छन ।

उनले आफु असुरक्षित भएको र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय थिर्पुमा सम्पर्क गर्दा आफुहरु मेलाको सुरक्षामा खटिएको बताइएको छ । घाईते भएका शार्की कर्नालि संचार अनलालाइनको जिल्ला सम्वाददाता हुन । उनले पलांतामा भएका विभिन्न ज्यादतिका विरुद्ध कलम चलाउदै आएका छन । लक्ष्मण बमले समाजिक संजालमा आफुले हातपात नगरेको उल्लेख गरेका छन ।

कर्नालि संचार डटकमले पत्रकार शार्कीको ज्यानको सुरक्षाका लागि सरोकारवाला निकायलाई विशेष अनुरोध गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित