कालीकोट ।जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले गरेको वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट काम गर्ने ७ जना स्वास्थ्यकर्मी सम्मानित भएका छ्न ।
आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्ने पचालझरना स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्याल सहित ७ जना सम्मानित भएका छन ।
सम्मानित हुनेमा खांडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवाल,लेखाअधिकृत मुन बहादुर रावल,स्वास्थ्य सेवा कार्यालयका डाक्टर जितेन्द्र महत्तो,प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउंका डाक्टर रामानन्द चौधरी,बदालकोट स्वास्थ्य चौकीमा कार्यरत भगवती रोकाया र स्वास्थ्यकर्मी सिताराम रिमाल समेत रहेको जिल्ला स्वास्थ्य सेवा ब्यबस्थापक डाक्टर रत्नबिर सुनारले बताए ।
उक्त गोष्ठीमा ५ बुद्वे प्रतिबद्धतामा हस्ताक्षर गर्दै आज सम्पन्न भएको बताइएको छ । सो गोष्ठीमा जिल्ला समन्वय प्रमुख मिना रावत बि.क.,खाडाचक्र नगर प्रमुख कमल बहादुर शाही,पलाता गापाका अध्यक्ष बिष्णु बहादुर रोकाया, प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा समेतको उपस्थिति रहेको बताइएको छ ।
त्यसै गरी गोष्ठीमा जिल्ला अस्पताल बिकास समिति कालीकोटका अध्यक्ष गोगन बहादुर मल्ल,प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल, सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रतिनिधि श्री रचना बुढा र श्री बिश्व भारती, प्रमुख प्रशासकीय अधिकृत जसि प्रसाद चौलागाई, आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.नवराज बोहरा,जिल्लाका नौ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरुको सहभागिता रहेको जनस्वास्थ्य अधिकृत कटक महतले बताएका छन ।
Discussion about this post