रास्कोटको आरसिपि बजार स्थान्तरण हुंदै,घर टहरा हटाउन नगरपालिकाको निर्देशन

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले बजारलाई व्यवस्थापन गर्ने भएको छ । रास्कोट नगरपालिकाको आरसिपि बजारमा रहेको तेस्रो बजारलाई व्यवस्थापन गर्नका लागि घर टहरा हटाउन निर्देशन दिएको छ । रास्कोट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख जवानसिंह बम द्धारा हस्ताक्षरित सुचनामा बजारमा हाल भएका घर टहरा हटाउन सुचना जारी गरिएको छ ।
रास्कोटको आरसिपि बजारमा सार्वजनिक जग्गामा रहेका घर टहरा हटाउन ४५ दिने सुचना जारी गरिएको छ ।

गएको साउन ३ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त निणर्य गरेको रास्कोट नगरपालिकाले जनाएको छ । रास्कोट नगरपालिकालाई दिर्घकालिन रुपमा नमुना शहरका रुपमा विकास गराउनकै लागि बजार व्यवस्थापन गर्न लागिएको नगर प्रमुख धर्मराज शाही(पोषण)ले बताए । उनले भने अबको केही वर्ष भित्र जिल्लाकै नमुना शहर रास्कोट हुने निश्चित छ यसलाई हामीले समयमै नसोचे पछि कसैले व्यवस्थापन गर्न नसक्ने बताए ।

यस कार्यमा रास्कोट नगरबासि सबैले साथ दिनेमा आफु विश्वस्त रहेको नगर प्रमुख शाहीको भनाई रहेको छ । घर टहरा बनाएका कसैले पनि राहत तथा मुआव्जा भने नगर सरकारले नदिने बताइएको छ ।
रास्कोट नगरपालिकाले थालेको बजारीकरण कार्य प्रति नगरबासिले प्रशंसा गरेका छन । बजार व्यवस्थापन समितिले घर टहरा बनाएकाहरुलाई उचित व्यवस्थापनका लागि आग्रह गरेको छ ।
रास्कोट नगरपालिका कार्यपालिका सदस्य मन तिरुवाका अनुसार सार्वजनिक जग्गामा लगाएका घर टहराहरुका लागि नगरपालिकाले आरसिपि बजार देखि बयलपाटा सम्मको जमिन भाडामा दिएर बजार व्यवस्थापन गर्न लागेको बताए । सबैले आ आफ्नो व्यवस्थापनका लागि समय लाग्ने उनले बताएका छन । अघिल्लो सरकारले हटाउने निणर्य गरेको भएपनि उचित कदम भने चालेका थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित