रास्कोट एकीकृत नमुना वस्तिमा खानेपानीको समस्या हल हुँदै

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नाली प्रदेश सरकारको लगानिमा निर्माण भएको रास्कोटको नमुना बस्तिमा खानेपानी ब्यबस्थापन हुने भएको छ ।रास्कोट नगरपालिकाको वडा नम्बर ७ को पुछ्रेगाउंमा निर्माण भएको वस्तिका ८० घरपरिवारले घर बनाएको र अहिले खानेपानी अभाब भएपछी बस्न कठिन भएको अवस्थामा रास्कोट नगर सरकारकोप आग्रहमा सो बस्तिमा एक घर एक धारा निर्माण गर्ने बताइएको छ ।
जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको मानव अधिकार तथा वातावरण बिकास केन्द्र(हुरेण्डेक) नेपालले खानेपानीमा साझेदारी गर्ने भएको छ ।हुरेण्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले उक्त वस्तिको स्थलगत अनुगमन समेत गरेको र तत्काल खानेपानीको समस्या रहेकाले हुरेण्डेक नेपालले साझेदारी गर्ने बताए ।उनले भने कर्नाली प्रदेश सरकारले निर्माण गरेको बस्ति स्थायित्व हुने र सो को लागि भौतिक संरचना जरुरी भएको बताए । एकीकृत जल्स्रोत ब्याबस्थापन कार्यक्रमम ( IWRM-P) हेल्भेटास स्विस ईन्टर कोअपरेसन नेपाल को आर्थिक सहयोग र स्थानिय बिकास साझेदार सस्था हुरेन्डेक, नेपाल कालिकोट को सहजिकरणमा र रास्कोट नगरपालिकाको साझेदारिमा सो आयोजना बनाउनको लागि प्रकृया अगाडि बढाईएको उपाध्यक्ष बुढाले बताए ।
हाल निर्माण भएको वस्तीमा विद्युत बितरण केन्द्र, प्रहरी कार्यालयको भवन र स्वास्थ्य संस्थाको भवनका लागि जमिनको ब्यबस्थापन भएको बताइएको छ ।
पुछ्रेगाउंका ८० घरधुरी रहेको बस्तिको तल्लो भाग पहिरोले जोखिम भएकाले अहिले पोखरी चौरको बस्ती स्थायी हुने रास्कोट ७ का वडा अध्यक्ष कपुर महताराले बताए । उनले भने यस बस्तिबाट आय आर्जन तथा अन्य व्यावसायिक काम अघि बढ्ने समेत बताए । जिल्लाकै नमुना बस्ती हुने र होम स्टेका रुपमा बिकाश गर्ने लक्ष्य रहेको स्थानीय काली बहादुर महताराले बताए ।
महतारका अनुसार अहिले विभिन्न थरीका टिकाटिप्पणि भएपनी नमुना बस्ती बनाउनेमा आफुहरु लागि परेको बताए । सबैले साथ दिनेमा आफू ढुक्क भएको र त्यसका लागि समुदायले स्वलगानी समेत गरेको महताराले बताइएका छन ।
रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले एकीकृत नमुना बस्तिबाट समुदायले धेरै फाइदा लिने उद्येश्य रहेको बताउदै त्यसको लागि नगर सरकारले पुर्ण साथ दिने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित