सरकारी कर्मचारीहरुले प्रत्यक्ष दलको प्रचारमा सहभागि भए कानुनको डण्डा लगाउनु नपरोस-प्रजिअ शर्मा

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले सरकारी कर्मचारीहरुले राजनैतिक दलको प्रचार प्रसारमा दलको झण्डा बोकेर सहभागि भए कानुनले नछोड्ने बताएका छन । नेपाल राष्ट्रिय कर्मचारी महासंघ र अखिल नेपाल जनस्वस्थ्य कर्मि महासंघ कालीकोटले आयोजना गरेको विजया दशमि २०७९को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शर्माले सो कुरा बताएका हुन ।

प्रजिअ अधिकारीले कर्मचारी हकहितका लागि कर्मचारी युनियनहरुको ठुलो देख रहेको र सबैले आफ्नो अधिकारीको खोजि गर्दा कर्तव्यलाई भुल्न नहुने बताउदै कर्मचारीहरुले सेवाग्राहीलाई असर नपर्ने गरी कामकार्वाही अघि बढाउन समेत अनुरोध गरेका छन ।

हिमचुलि कृषि सहकारी संस्थाको सभाहलमा शुरु भएको कार्यक्रममा कर्मचारी संगठनका कर्नालि प्रदेश इन्चार्ज कटक महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावत,खांडाचक्र नगरपालिकाका उपप्रमुख गणेश बहादुर शाही,नेकपा(माओवादी केन्द्र) निर्वाचन क्षेत्र खका इन्चार्ज डम्बर बहादुर शाही लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको प्रगतिशिल जनस्वस्थ्यकर्मि महासंघ कालीकोट सचिव प्रकाश अधिकारीले बताएका छन ।

उक्त कार्यक्रममा गएको महिना संगठनको केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित