रास्कोटका नगर प्रमुखले किन यस्तो गरे, के भन्छन समुदाय ?

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटले तिन वटा काममा नमुना देखाउन शुरु गरेको छ । स्थानिय सरकारको नेतृत्वको गरेको छोटो समयमा तिन वटा काममा समुदायलाई प्रत्यक्ष प्रभावकारी कामको थालनि गरेको छ । आर्थिक वर्षको शुरुवातमै गाउँ गाउँमा स्वस्थ्य शिविर थालेको रास्कोट नगरपालिकाका जेष्ठनागरिक तथा असाहयहरुमा खुशियालि छाएको छ ।

प्रत्येक वडा स्तरमा पुगेर नगरपालिकाले जेष्ठनागरिक,असाहय महिला तथा सुत्केरीलाई स्वस्थ्य परिक्षण थालेको छ । यस कार्यालय रास्कोट नगरपालिकाको वडा न.९ थोल्म,वडा न.१ सिपखाना लगाएतका वडाहरुमा स्वस्थ्य परिक्षण शुरु गरेको बताइएको छ ।

विशेषज्ञ चिकित्सक सहितको टोलिले गाउँमा स्वस्थ्य परिक्षण गर्दा सांच्चै स्थानिय तहको महसुस गरेको वडा न.९का वडा अध्यक्ष तथा प्रबक्ता धन बहादुर धामिले बताए । उनले नगरपालिकाको शसक्त टिमले रास्कोट नगरमा स्वस्थ्य र शिक्षामा विशेष ध्यान दिएर गुणात्मक परिवर्तन दिने गरी काम गर्ने बताए । रास्कोट नगरपालिकाले पहिलो चरणमा शैक्षिक कार्यशाला गोष्ठि गरेर शैक्षिक अभियान थालेको छ । कार्यशाला गोष्ठिबाट पारित निष्कर्षलाई व्यवहारमा लागु गर्न थालेको छ ।

आज जिल्ला कै दोस्रो माविका रुपमा स्थापित बडिमालिका रास्कोटमा अंगे्रजि माध्यम कक्षा १मा  पठन पाठन शुभारम्भ गरेको छ र रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही,नगर उपप्रमुख मनिराज बराल सहितको नगरपालिकाको टोलिको उपस्थितिमा भएको कार्यक्रममा बडिमालिका माविका प्राचार्य पुष्पराज बरालले शैक्षिक गुणस्तर कायम गर्न अंग्रेजि माध्यमबाट पठन पाठन शुरु गरेको बताएका छन ।

सो कार्यक्रममा रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले शैक्षिक क्षेत्रमा विगतमा पनि आफु गुणस्तर कायम गर्न लागि परेको र अहिले पनि आफुले सोही मान्यतामा अघि बढ्ने बताए । विगतमा निति नियमको कार्यन्वयन गर्ने स्तरमा रहंदा आफुलाई आउने समस्या भन्दा अहिले नितिको कार्यन्वयन गराउने ओहदा रहेकाले यसका लागि आफु निरन्तर लागि पर्ने बताए ।

त्यसै गरी रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले शैक्षिक क्षेत्रमा खस्किदो गुणस्तरलाई माथि उकास्न शिक्षा निति जरुरी भएको र सोही अनुसार अघि बढ्ने बताए । उनले भने रास्कोटको पुरानो माविबाट अन्य माविहरुले सिक्ने दिन ल्याउनकै लागि अभियानको थालनि गरेको बताए ।
रास्कोट नगरपालिकाले माटोको भांडालाई आधुनिकिकरण गर्न समेत शुरु गरेको छ । नगरपालिका भित्रको वडा न. ३को कुमाले वस्तिका समुदायलाई परम्परागत शैलिलाइ हटाउदै आधुनिक सिप विकास गरेको छ । भक्तपुर जिल्लाबाट कालिगढ बोलाएरु एक महिने माटोका भांडा बनाउने तालिम संचालन गरेर युवाहरुले सो तालिमबाट माटोका भांडा बनाउन सिक्ने र आफु पनि आत्मनिर्भर हुने रास्कोट नगरपालिकाको योजना रहेको छ ।

स्थानिय स्तरमा समुदायले युवा अवस्थामा केही गरौं भन्ने चाहाना बोकेका युवाहरुले गर्ने संकेत रहेको बताएका छन । केही विश्लेषण गर्ने समाजका अगुवाहरुले पहिलोको सरकारले भन्दा भिन्न पहिचान दिन खोजेको तर दिर्घकालिन रुपमा निरन्तरता हुनु नहुनेमा आशंका व्यक्त गर्न थालेका छन ।

यस भनाई प्रति नगर प्रमुखको धारणा भने वेग्लै रहेको छ । रास्कोट नगरपालिकालाई जिल्लाकै फरक पहिचान कायम गर्ने पक्षमा आफु रहेको बताउदै यसका लागि रास्कोटी समुदायले सहयोग गर्ने नगर प्रमुख शाहीको भनाई रहेको छ ।

मंगलबार माटोको भांडा बनाउने प्रशिक्षकहरुको टोलिले बनाएका माटोका भांडाको नमुना नगर प्रमुख धर्मराज शाहीलाई हस्तान्तरण गरेको छ । उक्त कार्यबाट रास्कोट नगरपालिका ३का कुमाल वस्तिका युवाहरु परम्परागत सिपको ठाउँमा आधुनिक सिप मार्फत अघि बढ्ने भएका छ । गाउँमै पुगेर जेष्ठनागरिकलाई सामाजिक सुरक्षा भत्ता समेत प्रदान गरिएपछि सबै भन्दा जेष्ठ नागरिकहरु घण्टौं बैैकमा लाइनमा बस्नबाट मुक्ति पाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित