पलाता ४ का वडाअध्यक्ष बुढा समुदाय संगै खानेपानी र बाटो बनाउदै

7
SHARES
15
VIEWS

कालीकोट ।लगातारको अबिरल वर्षा संगै पलातामा खानेपानी र अबरुद्ध भएको ग्रामीण बाटोहरु सुचारू गर्न वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरुले काम शुरु गरेका छ्न ।गाउको बिकाश गर्न सरकारको मुख ताक्ने प्रवृत्तिलाई तोड्दै समुदाय संगै वडा नम्बर ४ को आवतजावत गर्ने बाटो र खानेपानीको काम शुरु गरेको बताइएको छ । पलाता गाउँ पालिका प्रबक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तिलक बुढा सहितका जनप्रतिनिधिको उपस्थिति र समुदायको सक्रिय सहभागितामा काम सुचारु गरिएको र दुई/तीन  भित्र खानेपानी र बाटो बन्ने अध्यक्ष बुढाले बताए ।उनले भने यस बिपदको अवस्थामा जनताको साथमा रहेर दुखकस्टमा साथ दिएको बताउदै आगामी दिनमा स्थानीय सरकारले गर्ने प्रक्रिया अघि बढ्ने र तत्कालका लागि समुदायलाई समस्य आउन नदिन बाटो घाटो र खानेपानीको समाधान गर्ने खोजिएको बताए । पलाता गाउँ पालिकामा गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बाढिपहिरोको समयमा जनताको घरदैलोमा पुगेर सहयोग गरेका थिए ।पलातामा ३ सय बढी घरमा क्षेती भएको गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित