रोजगारी खोस्न लागेको भन्दै राससमा धर्ना

7
SHARES
15
VIEWS

काठमाडौँ ।वर्षाैदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।
पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवि पत्रकार विरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी÷ करार÷ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागितामा राससमा धर्ना दिइएको हो ।
धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरीले पत्रकार विरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिनुभयो ।
उहाँले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीविको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पार्नुभयो । उहाँले अबको आन्दोलनको अगुवाई महासंघले गर्ने पनि जानकारी दिनुभयो ।
महासचिव पुरीले महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नविकरण गर्न माग गर्नुभयो ।
श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताउनुभयो । उहाँले श्रमजीवी-पत्रकारलाई हटाउँछु भन्ने कल्पनासमेत नगर्न चेतावनी दिनुभयो । “अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राई तपाई आफैले खडा गर्नुभएकाे समस्या हल गर्न सक्नुहुन्न भने कुर्सी त्यागेर जारी आन्दाेलनमा सहभागी हुन आग्रह गर्दछु, हैन भने, विनियम संशाेधन गरेरै भएपनि श्रमजीवीहरुलाई सेटलमेन्ट गर्नुपर्छ,” अध्यक्ष जैसीले भन्नुभयाे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पुर्व अध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताउनुभयो ।
उहाँले दीर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।
संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति ऐक्यवद्वता जनाउदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरुलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गर्नुभयो ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवि पत्रकारलाई निश्कासन गरे प्रेस चौतारी कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले राससका २२ जना श्रमजीवि पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिदै त्यस्तो अबस्था आउने छैन भन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न व्यवस्थापनलाई सुझाव दिनुभयो ।
प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे थप कडा आन्दोलन गर्ने चेतावनि दिनुभयो ।
समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले लामो समयदेखि कार्यरत पत्रकारलाई हटाउने नियत रासस व्यवस्थापनको देखिएको बताउँदै त्यसविरुद्ध आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनुभयो ।
राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीविलाई हटाउन खोजेको जानकारी गराउनुभयो । उहाँले रोजगारी सुनिश्चितता नहँुदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।
प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बाँस्तोलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दाे विषय भएको बताउनुभयो । उहाँले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चतता गर्न माग गर्नुभयो ।
रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पत्रकारलाई निष्कासन गर्ने सवालमा साथ नरहने बताउनुभयो । उहाँले ति पत्रकारको रोजगारी गुम्न नदिनका लागि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
नेपाल पत्रकार महासंघ अगुवाईमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रिय कार्यालयमा आज दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो ।
राससका अस्थायी÷करार÷ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित