पलांता सरकारको पहलमा अध्यक्ष रोकायाले हेलिकप्टर मार्फत बाढिपिडितलाई राहत वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाका बाढिपिडितलाई राहत सामाग्रि लिएर गाउँ पालिका अध्यक्ष विष्णु रोकाया सहितको टोलि पलांता पुगेको छ ।

नेपालि सेनाको हेलिकप्टर मार्फत बाढिपिडितलाई खाद्यन्न तथा त्रिपाल तथा अन्य सामाग्रिहरु लिएर पलांताको राडुनेटा,कहरदेव रबेर्सनकोटमा सामाग्रि झारिएको गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले बताएका छन । उक्त राहत प्रहरीले लिएको क्षतिको विवरण अनुसार राहत प्रदान गरिने भएको छ ।

जिल्लाको पलांता गाउँ पालिकामा गएको दशैंको दिन देखिको लगातार वर्षाका कारण बाढिपहिरोले घर जग्गा जमिनका साथै धनजनको क्षेति भएपछि सरकार संगको पहलमा पलांता गाउँ पालिकाले खाद्यन्न तथा त्रिपालका लागि सहयोग गर्ने जिल्ला दैवि प्रकोप समिति,प्रशासन कार्यालय,गृह मन्त्रालय र नेपालि सेनाको ठुलो सहयोग रहेकोमा पलांता गाउँ पालिका अध्यक्ष रोकायाले सहयोगि निकायलाई धन्यवाद दिएका छन ।

यस अघि तिलागुफा,रास्कोट नगरपालिका,महाबै गाउँ पालिकाका बाढिपिडितलाई राहत सामाग्रि वितरण गरिसकेका छन । जिल्लामा सबै भन्दा बढि मानविय क्षेति तिलागुफा नगरपालिकामा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित