माओवादी केन्द्र कालीकोटको निर्वाचन पुर्ब तयारी बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभाका लागि माओवादी केन्द्र कालीकोटको प्रदेश कमिटी सदस्यहरुको पुर्ब तयारी बैठक शुरु भएको छ ।नेकपा(माओवादी केन्द्र)का पोलिट ब्युरो सदस्य तथा संघीय उम्मेदवार महेन्द्र बहादुर शाहीको उपस्थितिमा बैठक शुरु भएको छ ।आगामी निर्वाचनका लागि पार्टी नेतृत्वले गरेको निर्णयलाई कार्यन्वयन गर्ने बागी उम्मेदवारलाई फिर्ता लिन लगाउने बारेमा छलफल हुने भएको बताइएको छ ।बैठकमा प्रदेश कमिटी सदस्य,गाउँ तथा नगर अध्यक्षहरु सहितका नेताहरुको उपस्थिति रहेको र आगामी चुनावका बारेमा आ आफ्ना सुझाव राख्ने क्रम जारी रहेको छ । कालीकोट जिल्लामा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच गठबन्धन भए संगै माओवादी केन्द्र भित्रबाट काशिचन्द्र बराल स्वतन्त्र उम्मेदवार हुनु र एकीकृत समाजवादीबाट बिश्वराज बम समेत उम्मेदवार भएपछी  आगामी निर्वाचनमा प्रतिस्पर्धा हुने देखिएको छ ।माओवादी केन्द्र कालीकोटको बैठक मंगलबार हुने माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मी चौलागाईंले बताएका छ्न ।उनका अनुसार यस अघि गठबन्धन दलका साथै प्रथम मुख्यमन्त्री शाहीले भेटघाट तिब्र पारेका छ्न ।बैठकमा केन्द्रिय सदस्य बिष्णु बिक,यसोदा न्यौपाने,अनुशासन आयोग सदस्य सर्पराज सिंह,प्रदेश सचीव धनजित शाही,जिल्ला संंयोजक लक्ष्मी प्रसाद चौलागाईं लगाएतको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित