हामिले २०७० सालमा जिते पछि कालीकोटको बिकाश भएको -प्रथम मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)पोलिट ब्युरो सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लगातार माओवादी केन्द्रले जित हांसिल गरेपछी कालीकोटको बिकाश भएको बताएका छ्न ।प्रतिनिधि सभाका उम्मेदवार समेत रहेका शाहीले २०७० सालमा संबिधान सभा,२०७४ सालमा संघीय सांसद र उर्जा मन्त्रालय हुँदै कर्नालिको मुख्यमन्त्री हुंदा इतिहासकै सबै भन्दा बढी बजेट आएको दाबी गरेका छ्न ।शाहीले जिल्लामा आफू मुख्यमन्त्री हुंदा तीन अरब रकम जिल्लामा पठाए पनि ६० करोड मात्र बजेट खर्च भएको प्रती दुखद भएको बताए ।जिल्लामा आएको बजेटलाई सहि ढंगले बिकाश गर्न नसक्नु समस्या भएको तर आगामी दिनमा त्यसो नगर्ने बाताबरण गर्न सबै स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दललाइ अनुरोध गरेका छ्न । उनले अबको बिकाश जिल्लाका सडकलाइ ब्यबस्थापन गर्दै जिल्ला र छिमेकी जिल्लामा “ट्र्याक ओपेन” नभएका स्थानमा सडक देखि स्वच्छ खानेपानीको ब्यबस्थित गर्दै अघि बढ्ने योजना तथा प्रतिबद्धता जारी गर्ने बताइएको छ ।जिल्लाको बिस्तारीत बैठकलाई सम्बोधन गर्दै शाहीले जिल्लामा माओवादी केन्द्रिय सदस्य जीवन बुढाको नेतृत्वमा निर्वाचन परिचालन टोलि बनाइ अघि बढ्ने माओवादी केन्द्र कालीकोटले जनाएको छ ।बिस्तारीत बैठकमा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिष्णु बिक,दुर्ग रावत,प्रदेश सचिव धनजित शाहीले सम्बोधन गरेको बताइएको छ । सो बैठकमा ९ वटै पालिका अध्यक्षहरुले आगामी निर्वाचनमा केन्द्रित रहेर रिपोर्ट राखेका थिए ।बैठकमा प्रदेस सदस्य,जिल्ला समन्वय समितिका सदस्य तथा जनबर्गिय संगठनका अध्यक्ष तथा केन्द्रिय सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित