कालीकोट । आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लामा क्रियासिल राजनैतिक दल तथा स्वतन्त्र उम्मेद्धारहरुले आ आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दै चुनावि मैदानमा उत्रिएका छन ।
जिल्लाभर मतदाता समक्ष गठबन्धन दलका साथै स्वतन्त्र उम्मेद्धार समेत मत माग्न अघि बढेका छन । सोही क्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय लेखा आयोग समेत रहेका रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले आफुले जित हांसिल गरेपछि गर्ने कामको बारेमा प्रतिवद्धता सार्वजनिक गरेका छन ।
मतदाता समक्ष २३ वटा बुंदा समेटिएको प्रतिवद्धता पत्र प्रस्तुत गर्दै भुई मान्छेको समर्थन कालीकोटका उत्पिडित जनताले सहि ढंगले छुट्याउने बेला आएको बताउदै चुनावि अभियानमा अघि बढेको बताएका छन ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई समेत टेलिफोन मार्फत चुनौति दिएका बरालले आफुले सामान्तबादको विरुद्ध विद्रोह गरेको दावि गरेका छन । जिल्ला देखि केन्द्रका माओवादी नेताहरुले उम्मेद्धारी फिता लिन आग्रह गरेपनि अस्विकार गरेका छन ।
स्वतन्त्र उम्मेद्धार बरालले मतदाता संग गरेको प्रतिवद्धताहरु:
१ . जिल्लाका ८८ वडाबाट प्रत्येक वडामा ५ जनाको दरले करिव ५०० जनालाई अनिवार्य रोजगारी सिर्जना गर्ने
२ . प्रत्येक पालिकालाई टुरिजम हवको रुपमा विकास गर्ने
३ . सहिद वेपत्ता परिवार तथा घाइते अपाङ्ग संरक्षण कोष तथा संरक्षण केन्द्र स्थापना गर्ने
४ . प्रत्येक पालिका स्तरमा पत्रकार , युवा, खेलाडी, विद्यार्थी र विभिन्न प्रतिभा व्यवस्थापन कोष स्थापना गर्ने
५ . जिल्लामा रहेको विद्यमान सडक, विजुली ,संचार, खानेपानि , सिंचाईको जटिलताको अनिवार्य दीर्घकालिन समाधान गर्ने, र पाँच वर्ष भित्र प्रत्येक पालिका सदरमुकाम सम्म कालोपत्रे सडक पुर्याउन अनवरत पहल गर्ने
६ . कालिकेटका भुमिहिनहरुको समस्या समाधान र जियो सर्वेक्षण गरि जोखिमयुक्त वस्तीहरूको स्थानन्तरण एवंम उपयुक्त ठाउँमा एकिकृत वस्तीको रूपमा विकास गर्ने
७ . सुनथराली विमानस्थललाई अधिकतम छिटो संचालन गराउने
८ . अनिवार्य एक वडा एक उद्योग र एक वडा एक उत्पादन कार्यक्रम बनाई व्यवस्थित पूर्वक वजारीकरणको सुनिश्चितता गरि अघि बढाउने
९ . शिक्षा र स्वास्थय को आमुल परिवर्तनका लागि भौतिक पूर्वधारको व्यापक विकास एवम दीर्घकालिन प्रणालिगत सुधार ल्याउने
१० . कृषि, पशुपालन, रोजगार एवंम अन्य व्यवसायको रूपान्तरण, आधुनिकरण र केन्द्रिकरण गरि १ घर वार्षिक ५ लाख आयको अवधारणा अघि बढाउने
११ . कर्णाली करिडोर, फुकोट कर्णाली हाइड्रो, सेरी पान्तडी, लालु लैफू सडक, तिला हाइड्रो छिटो सम्पन्न गर्न पहल गर्ने अन्य गौरवका आयोजना अघि वढाउन व्यापक खोज ,अनुसन्धान र पहल गर्ने
१२. कालिकेटका प्रत्येक घरधुरीमा सहकारीको पहुँच पुर्याइ जनताको जीवनस्तर लाई आत्मनिर्भर वनाएर सुखी परिवार समृद्ध घर समृद्ध समाज हुँदै समृद्ध कालिकोट निर्माण गर्न सहकारि अभियान व्यापक रूपमा संचालन गर्ने
१३ . जिल्लामा आनिवार्य विशेषज्ञ डाक्टरहरू सहितको सुविधायुक्त सम्पन्न अस्पताल र पालिकास्तरमा हरेक पालिकामा एमविविस डाक्टर सहितका सुविधियुक्त अस्पताल
१४. जिल्लाका ३ स्थानमा करिव ५०० मिटरका झोलुङ्गे पूल निर्माण गर्न आवश्यक सर्वेक्षण गरि निर्माण गर्ने
१५ . फिजिविलिटी हेरेर जिल्लाको कुनै एक ठाउँमा मानव निर्मित ताल निर्माण गर्न विशेष पहल गर्ने
१६. कालिकोटलाई ओखर र टिमुरको उत्पादन हवको र रूपमा विकास गर्ने
१७. प्रत्येक महिना भौतिक या भर्चुवल रुपमा र त्रेमासिक रूपमा अनिवार्य भौतिक रूपमा जनतासंग माननिय अवधारणा संचालन गर्ने
१८ . इसिडि कर्मचारीहरुको तलवमान न्योचित रुपमा कायम गर्न विशेष पहल गर्ने
१९ . शिक्षक , कर्मचारीको सेवा सुविधा पर्याप्त र न्योचित निर्धारण गर्न अनवरत पहल गर्ने
२० . भ्रष्टचार शून्य जिल्ला घोषणाको अभियान जनबल बाट गम्भिर रुपमा सुरु गर्ने
२१ . राष्ट्रिय अन्तराष्ट्रिय विकास साझेदार एवम् दातृ निकायसँग जिल्लाको सर्वागिङ्ण विकासका निम्ति अनवरत कुटनैतिक पहल जारी राख्ने
२२ . एक वडा एक सुपथ मुल्य पसल संचालन गर्ने
२३ . भाषा संस्कृति परम्परा एवंम पूरातात्विक महत्वका विषयको संरक्षण एवंम प्रवर्द्धन गर्न विशेष पहल गर्ने
Discussion about this post