कालीकोटमा कस्को भोट कति ?यसरी जित्छ बाम लोकतान्त्रिक गठबन्धन

7
SHARES
15
VIEWS

कालीकोट । गएको स्थानिय तहको निर्वाचनमा कालीकोट जिल्लामा क्रियासिल राजनैतिक दलहरुले पाएको मतको परिणामलाई हेर्ने हो भने सबै भन्दा बढि मत पाउनेमा माओवादी केन्द्र रहेको छ भने त्यस पछि दोस्रो स्थानमा नेपालि कांग्रेस रहेको छ ।

नेकपा(एमाले) विभाजन पछि कालीकोट जिल्लामा नेकपा(एमाले) भने तेस्रो स्थानमा झरेको छ । जस अनुसार नेकपा(माओवादी केन्द्र) कालीकोटको विभिन्न स्थानिय तहमा वडा वाइजको प्राप्त मत १९ हजार ३ सय ३ रहेको छ भने नेपालि कांग्रेसले जिल्लाका ३ नगर पालिका र ६ वटा गाउँ पालिकाका ८१ वडाको मत परिणाम अनुसार १३ हजार आठ सय ९५ रहेको छ भने नेकपा(एमाले)ले १२ हजार एक सय ४ मत प्राप्त गरेको छ ।

जस अनुसार एकिकृत समाजवादीले विभिन्न स्थानिय तहमा भएको गठबन्धनले गर्दा आएको मत अनुसार ७ हजार एक सय ९७ रहेको निर्वाचन कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसै गरी नेपाल मजदुर किसान पार्टीको एक हजार चार सय ८७ रहेको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीको एक हजार तिन सय साठी मत रहेको पाइएको छ ।त्यसै गरी विप्लव नेकपा सहित अन्य स्वतन्त्र उम्मेद्धारहरुको जिल्लाभर वडा वाइजमा हेर्दा जम्मा ३ हजार सात सय ५८ मत प्राप्त गरेको पाइएको छ ।
जिल्ला भरको मत परिणाम अनुसार एकिकृत समाजवादी र एमाले एकिकरण गर्ने हो भने १९ हजार तिन सय हुन्छ भने माओवादी केन्द्रको १९ हजार ३ सय तिन रहेको छ । नेपालि कांगेस र माओवादी केन्द्रको गठबन्धनमा दुबै पार्टीको गरेर ३३ हजार एक सय ९८ मत हुन आउछ । जस अनुसार एमाले,एकिकृत समाजवादी सहित राप्रपाको गठबन्धन भएपनि कुल मत २४ हजार नाघ्न कठिन हुने देखिन्छ ।

यो पनि पढ्नुहोस ।

कस्तो छ प्रतिनिधि सभाका उम्मेद्धारहरुको अवस्था ?
महेन्द्र बहादुर शाही(माओवादी केन्द्र सहित गठबन्धन)
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का नेता तथा प्रतिनिधि सभामा उम्मेद्धारी रहेको छ । उनि यस अघि २०७० सालको संविधान सभा सदस्य र २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित माननिय हुन । उनले लगातार जित हांसिल गरे संगै कालीकोट जिल्लामा इतिहांसको पहिलो पटक तेस्रो चोटी उम्मेद्धार भएका शाहीले जित हांसिल गरे नयाँ रेकडर्क तोड्ने छन । साविकको कर्नालि अंचलका ५ जिल्लामा कमै नेताहरु दुई देखि ३ पटक सम्म सरकारको नेतृत्व गर्न पुगेका छन ।

हुम्लाका छक्क बहादुर लामाले लामो समय सरकारको नेतृत्व गरेको भएपनि कालीकोट जिल्लाको निर्वाचित पहिलो सांसद धर्मदत्ता उपाध्यय देखि पछिका सांसदहरु एक पटक मात्र निर्वाचित भएका छन ।२०७० सालमा एकल निर्वाचित महेन्द्र बहादुर शाही गएको २०७४ सालमा प्रदेश सभाको निर्वाचनमा नेकपा(एमाले) संग गठबन्धन गरे निर्वाचित भए संगै कर्नालि प्रदेशको पहिलो मुख्यमन्त्रिको जिम्मेवारी तिन वर्ष पुरा गर्ने अवसर पाएका थिए ।

अहिले पनि कालीकोट जिल्लाबाट नेपालि कांग्रेस संगको गठबन्धनमा उनि प्रतिनिधि सभाको उम्मेद्धार बनेका छन । विगत झै यस पटक भने महेन्द्र बहादुर शाहीलाई कडा चुनौतिको सामाना गर्नु पर्ने अवस्था आएको छ । गठबन्धन दल नेपालि कांग्रेस भित्रको गुटबन्धिका कारण एक पक्षले सहयोग नगर्ने होकी भन्ने संका पैदा भएको छ भने अर्काे तिर आफ्नै पार्टीका नेता काशिचन्द्र बरालले बागि उम्मेद्धारी दिएका छन । यावत कारणले लगातार तेस्रो पटकका लागि चुनौति भएपनि गठबन्धन दल र आफ्नै पार्टी कार्यक्रतालाई एकमना एकताका साथ अघि बढाउन सक्ने हो भने जित सुनिश्चित भएको विश्लेषण हुने थालेको छ ।

यस पटक निर्वाचित भएपछि संघिय सरकारको महत्वपूर्ण मन्त्रालय पाउनेमा नेता तथा कार्यक्रताहरु आशावादी रहेका छन । यस अघि कालीकोट जिल्लाबाट ४ जनाको नाम सिफारिस भएको र त्यस भित्रका मुख्य पात्रका रुपमा विष्णु विक देखिएपनि उनि प्रत्यक्ष तफर्काे निर्वाचनबाट पछि हटेपछि महेन्द्र बहादुर शाहीलाई बाटो खुला भएको बताइएको छ ।

तर त्यसलाई ठाडै अस्विकार गर्दै केन्द्रिय सदस्य समेत रहेको विकल्प नेतृत्वको विकास गराउनु नै अहिलेको साविक कर्नालिको आवश्यक्ता भएको बताउछन । उनि भन्छन आलोपाले गरे सबैले पदको लाभ लिनु भन्दा नेतृत्वको खडेरी परेको अवस्थामा नेतृतवको विकास गर्ने हामी सबैको साझा बुझाई रहेको र आम पार्टी कार्यक्रताहरुमा सकरात्मक सन्देश गएको दावि गरेका छन । माओवादी केन्द्रका कार्यक्रताहरुमा पछिल्लो समय जिल्लाभर चुनावि रौनकतमा छाएको छ ।
प्रतिनिधि सभा उम्मेद्धार नगिन्द्र शाही(एमाले)
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रिय सदस्य समेत रहेका नगिन्द्र शाही(नेश्नल)ले यस पटक आफ्नो जित सुनिश्चत भएको दावि गर्दै चुनावि अभियानमा निर्वाचन क्षेत्र कबाट अभियान शुरु गरेका छन । जिल्लाको खांडाचक्र नगरपालिका हुंदै तिलागुफा लागेका नगिन्द्र शाहीले विगत लामो समय देखि कालीकोटमा माओवादीले नेतृत्व गरेको र हरेक कामकार्वाहीमा जनताहरु सन्तुष्ट नेदेखिएकाले यस पटक आफु र आफ्नो पार्टी नेकपा(एमाले)लाई जनताले मन पराएको दावि गरेका छन ।

अर्काे तिर नेपालि कांग्रेस भित्र एक समुहले गठबन्धनलाई साथ नदिएका कारण आफुले असन्तुष्टहरुको समुहले साथ दिनुका साथै नेकपा(माओवादी केन्द्र) भित्र बागि उम्मेद्धार भएका कारण जित हुनेमा विश्वस्त भएको विश्लेषण पनि हुन थालेको छ । २०६४ साल पछि नेकपा(एमाले)ले पराजय भोग्दै आएको र २०७४ सालमा नेकपा(माओवादी केन्द्र) संगको गठबन्धनका कारण प्रदेश निर्वाचन क्षेत्र कमा एमाले नेता कुर्मराज शाहीले जित हांसिल गरेका थिए ।

कर्नालि प्रदेशमा उनि लगाएतका नेताहरुले फ्लोर क्रस गरेकै कारण माओवादी नेता महेन्द्र बहादुर शाहीको मुख्यमन्त्रिको पद जोगिएको थियो भने आफुले पनि ६ महिना बढि कृषि मन्त्रिको जिम्मेवारी सम्हालेका थिए । यस पटक कुर्मराज शाही एकिकृत समाजवादीको केन्द्रिय सदस्यको जिम्मेवारी रहेपनि नेकपा(एमाले)मा प्रवेश गरे संगै प्रदेश सभा निर्वाचन क्षेत्र क बाट प्रतयक्ष तर्फ उम्मेद्धारी दिएका छन ।
काशिचन्द्र बराल(स्वतन्त्र)
नेकपा(माओवादी केन्द्र)को केन्द्रिय लेखा आयोग सदस्यको जिम्मेवारीमा रहेका निवर्तमान रास्कोट नगरपालिकाका प्रमुख काशी चन्द्र बरालले माओवादी केन्द्रबाट बागि उम्मेद्धारी दिए संगै चर्चा परिचर्चा हुन थालेको छ । कालीकोट जिल्लामा हुकुमी तानाशाही सामान्ति शासनका विरुद्ध विद्रोहको रुपमा आफुले अघि सरेका बरालले पछिल्लो समय पार्टी भित्रका असन्तुष्ट नेता तथा कार्यक्रताहरुले साथ दिनुका साथै विभिन्न निकायबाट विद्रोहका लागि बधाई दिने क्रम बढेको बताएका छन ।

बरालले लामो समय पार्टी भित्र एक छत्र रजाई गरेर निरन्तर एकै व्यक्रिले लाभको पद लिनुलाई जनताले अस्विकार गरेको र त्यसको प्रतिनिधित्व आफुले गरेको दावि गर्दै आफ्नो जित सुनिश्चित भएको दावि गरेका छन ।

जनताले विद्रोहको स्वागत गरेका छन । उनले भने आफ्नो साथमा जनता रहेकाले यस पटक सहि ढंगले न्याय हुनेमा आफु ढुक्क रहेको बताए । आफुलाई हराउनकै लागि विभिन्न हतकण्डा भएको बताउदै स्वतन्त्र उम्मेद्धार भएर गएको स्थानिय तहको निर्वाचनमा ठाउँ ठाउँमा विद्रोह भएको र सोही विद्रोह जिल्लामा आफुले गरेको बताएका छन । अहिले गएको स्थानिय तहको निर्वाचनका स्वतन्त्र उम्मेद्धारहरुले जिल्लामा नेतृत्व पाएको महसुस समेत गरेका छन ।

जनताको बुलन्द गर्न कै लागि मैले पार्टी भित्रको एक छत्र रजाई गर्ने शासकका विरुद्ध विद्रोह काशीचन्द्र बरालले बाहिर ल्याएको तर भित्र भित्र विद्रोह शुरु भएको बरालको भनाई रहेको छ । आफुले विजयि भएपछि जनताको पक्षमा बहुआयमिक काम हुने र त्यसका लागि जनताले भिजन भएको नेता खोजेको हुन आसेपासे पोस्ने र कमिशनका लागि राजनैतिक गर्नेहरुको अन्त हुने र आफु जित सुनिश्चित भएको र नयाँ युगको शुभारम्भ हुनेमा जनतालाई विश्वस्त हुन आग्रह गरेका छन ।

प्रदेश सभा निर्वाचन क्षेत्र (क)
नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पूर्व संघिय सांसद दुर्ग बहादुर रावत प्रदेश निर्वाचन क्षेत्र कमा उम्मेद्धारी रहेको छ भने उनलाई नेपालि कांग्रेसले साथ दिने छ । यस अघि २२ हजार बढि प्रतिनिधि सभामा निर्वाचित सांसद रावतलाई यस अघिका बाचा पुरा नभएको जनताले प्रश्न उठाएका छन भने संघिय सांसद भएको समयमा यस क्षेत्रमा उचित ध्यान नपुगेको आरोप लगाउदै आएका छन । उनलाई यस क्षेत्रमा नेपालि कांग्रेसको उम्मेद्धार नभएका कारण गठबन्धन दल भित्रको घात हुने आशंका पैदा भएको छ भने अर्काे तिर गएको प्रदेश सभामा निर्वाचित नेकपा(एमाले)का नेता कुर्मराज शाही संग प्रतिस्पर्धा रहेको छ । निर्वाचन क्षेत्र क मा नेमकिपाका रविन्द्र शाही ,एमालेका कुर्मराज शाही संग रावतको कडा प्रतिस्पर्धा रहेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र( ख )
यस निर्वाचन क्षेत्रमा नेपालि कांग्रेसका हिक्मत बहादुर विष्टको गठबन्धन दलको साझा उम्मेद्धार रहेका छन भने गठबन्धन दल भित्रै एकिकृत समाजवादीका जिल्ला अध्यक्ष विश्वराज बमको समेत उम्मेद्धारी रहेको छ ।नेकपा(एमाले)बाट विरेन्द्र  बोगटीको उम्मेद्धारी रहेको छ भने पूर्व माओवादीबाट निस्कासनमा परेका पलांताका लक्ष्मण बमको समेत स्वतन्त्र उम्मेद्धारी रहेको छ । चार जनाको कडा प्रतिस्पर्धाका बावजुद यस क्षेत्रमा चुनावि रौनकता अघि बढेको छ । गठबन्धन तर्फका उम्मेद्धार हिक्मत विष्टको सम्भावना बढेको छ भने नेकपा(एमाले)का विरेन्द्र बोगटीले कडा प्रतिसपर्धा गर्ने देखिएको छ । यस क्षेत्र माओवादी पकड क्षेत्रका रुपमा रहेको र नेपालि कांग्रेस संस्थापन पक्षको बाहुल्यता रहेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित