पचालझरनामा खेलकुद प्रतियोगिता,पुर्ब अध्यक्ष सेजुवालले गरे उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरनाको जारकोटमा तिहार विशेष खेलकुद प्रतियोगिता शुरु भएको छ ।पचालझरना गाउँ पालिका पुर्ब अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा पचालझरना गाउँ पालिकाका १० वटा टिमको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथी सेजुवालले खेलकुदको उद्घाटन गरेका हुन ।जारकोट युबा क्लबको आयोजनामा शुरु भएको खेलकुद प्रतियोगितामा पालिकाका १० वटा क्लब तथा अन्य समुहको सहभागिता रहेको आयोजकले जनाएको छ । हिजो आयोजक टिम र राम्नाकोट बिको बिच प्रतिस्पर्धा भएकोमा राम्नाकोट अघि रहेको थियो भने वडा नम्बर ८ र ९ बिच प्रतिस्पर्धा भएको थियो ।आज बिहान देखि खेलकुद प्रतिस्पर्धा शुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित