कालीकोटमा जंगलमा भेटिएको बम खेलाउदा दुइ बालकको मृत्यु,तिन घाइते

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकामा गाइ चराउन गएका वालवालिकाहरुले भेटाएको बम खेलाउदा दुई जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।बमको धमकाले मृत्यु हुनेमा तिलागुफा नगरपालिका १० की झरना थापा र सरस्वति राना रहेकी छन । त्यसै गरी घाईते हुनेमा कमला थापा,मुस्कान थापा र सपना थापा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

उक्त स्थानमा के कसो बम थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालका अनुसार बम विस्फोटको बारेमा अनुसन्धान पश्चात मात्र भन्न सकिने बताएका छन । घटनाका बारेमा बुझविस्तार भइरहेको र घाइतेहरुलाई उपचारका लागि नेपालि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको बताइएको छ ।
जनयुद्धकालका बमले अहिले पनि असर पार्ने क्रम जारी रहेको छ ।

केही समय अघि जिल्लाको खांडाचक्र नगरपालिकाको बरांतु नजिक बम विस्फोट भए संगै जिल्लाका अन्य ठाउँमा पनि यस्ता घटना जारी रहेका छन ।यस अघि बाढि पहिरोले क्षति पुुगाएको तिलागुफा नगरपालिकामा पुन बम विसफोटको घटनाले मानविय क्षेति निम्त्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित