मान्ममा अव्यवस्थित खानेपानि पाइप लाइन हटाइयो

7
SHARES
15
VIEWS

कालीकोट ।लामो समय देखि निजि धारा जडान गरेर खानेपानिको हाहाकार गर्न खोजिएको भन्दै चर्काे आलोचना भएपछि खाडाचक्र नगरपालिका वडा न १ले अव्यवस्थित पाइप लाइनहरु हटाएको छ । वडा कार्यालयले कात्तिक १५ गते सम्म आ आफ्ना पाइप लाइन हटाउन दिएको सुचना अनुसार ७ जनाले मात्र पाइप व्यवस्थापन गरेपछि अन्य पाइपहरु प्रहरीको मद्दतमा हटाइएको बताइएको छ ।

खांडाचक्र नगरपालिका वडा न.१का वडा अध्यक्ष धर्मराज ताम्राकारका अनुसार खानेपानिलाई व्यवस्थित गर्न आफुले वडा न.१को कार्यभार सम्हालेपछि निरन्तर रुपमा लागि परेको र मुहान सम्म पुगेर पटक पटक खानेपानि व्यवस्थित गर्न जुटेको बताए । उनले भने निजि धाराहरु जोडिएको र व्यवस्थित नगरेका कारण व्यवस्थित गराउन खोजिएको बताउदै ति धाराहरु व्यवस्थित हुने वित्तिकै खानेपानि व्यवस्थित हुने र हाहाकार हुने समस्या हल हुने ताम्राकारको भनाइ छ ।

अहिले खानेपानी सिचाइ तथा उर्जा बिकास कार्यालय,जिल्ला समन्वय समितिको कार्यालय आसपासका पाइपहरु हटाइएको अध्यक्ष ताम्राकारले बताएका छन ।यस कार्य प्रति बजारबासिले वडा अध्यक्ष ताम्राकार सहित नगर सरकारलाई धन्यवाद दिएका छन ।

यस अघि खानेपानिको कठिनाई भएकै कारण नेपाल पत्रकार महासंघ लगाएतका निकायले चरण बद्ध आन्दोलन समेत गरेका थिए । जिल्ला सदरमुकाम मान्ममा खानेपानिको व्यवस्थापन गर्ने खानेपानि उपभोक्ता समिति बेखबर बनेको छ ।अहिले वडा न.१को वडा सरकारले चासो दिएपनि समितिले भने केही चासो नदिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित